Fri. Apr 19th, 2024

भारतकी पूर्व विदेशमन्त्री स्वराजको निधन


२२ साउन, काठमाण्डौ –

भारतकी पूर्व विदेशमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टी भाजपाकी वरिष्ठ नेतृ सुष्मा स्वराजको निधन भएको छ ।

उनको मंगलबार राति दिल्लीको एम्स अस्पतालमा निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् । उनलाई मुटुसम्बन्धी समस्या भएपछि अस्पताल लगिएको थियो ।

स्वराजको पार्थिव शरीर बुधबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रद्धान्जलीको लागि पार्टी कार्यालयमा राखिनेछ । त्यसपछि ४ बजे राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भारतीय जनता पार्टीले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपाका अध्यक्ष अमित शाह, कांग्रेस नेता राहुल गान्धी लगायतले ट्वीट गरेर स्वराजप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।


२०७६ साउन २२ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: