Thu. Apr 25th, 2024

त्रिशुली नदिमा बस खस्यो, तीन जनाको मृत्यु, उद्धारकार्य जारी


२४ साउन, धादिङ–

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित त्रिशुली नदिमा बस खस्दाँ तीन जनाको मृत्यु भएको छ ।

सर्लाहीको मलङगाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान ३ः३० बजेको समयमा त्रिशुली नदिमा खसेको प्रहरीले जानकारी दिएको छ । बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन ।

अहिलेसम्म १० जनाको उद्धार गरिएको प्रहरी उपरीक्षक राजकुमार बैदवारले घटनास्थलबाट जानकारी दिए । नेपाली सेना, शसस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन् । अफ्ठयारो ठाउँ र अध्याँरो भएका कारण उद्धारमा कठिनाई भएको प्रहरीले जानकारी दिए । थप विवरण आउन बाँकी छ ।

२०७६ साउन २४ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: