२ जेठ धादिङ – बैशाख १२ गते गएको भूकम्पपछि लगातार आइरहेको पराकम्पन अझै रोकिएको छैन । शनिबार बिहान मात्र ६ पटक भूकम्पको पराकम्पको महसुस गरिएको छ ।बिहान ९:३५ मा मनवानपुर र ललितपुर केन्द्र बनाएर ४.२ को भूकम्प गएको छ । बिहान २ः१५ बजे, ४ः२८ र ४ः३८ मा दोलखालाई केन्द्र विन्दु बनाइ, ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।
त्यस्तै ६ः११ मा नुवाकोट तथा ६ः३१ मा धादिङ केन्द्र विन्दु रहेको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । तर यस्ता साना पराकम्पनले खासै असर नपुर्याउने भएकाले डराउनु नपर्ने भूकम्पविद्हरुले बताउने गरेका छन्।
पटक पटक गएको भूकम्पको पराकम्पनपछि मानिसहरुमा एक किसिमको डर पैदा गरेको छ । मानिसहरु आफ्नो घर छोडि खुल्ला ठाँउमा गएका छन् ।