Fri. Mar 29th, 2024

धादिङ बस दुर्घटना : बेपत्ताको खोजीको लागि तीन जिल्लामा समन्वय


२६ साउन, धादिङ –

पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ स्थित सलाङ घाटमा शुक्रवार दुर्घटनामा परेको बसको हराइरहेका यात्रुहरुको खोजी कार्य प्रभावकारी बनाउनको लागि जिल्ला प्रशासन कार्यलय धादिङले ३ जिल्लामा समन्वय गरेको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेको अगुवाइमा तिनवटै सुरक्षा निकायका पदाधिकारी सम्मिलित टोलीले आइतवार चितवन, तनहुँ र पुर्वी नवलपरासी जिल्लामा पुगेर प्रमुख जिल्ला अधिकारीहरु भेट गरि नदी किनारमा खोजतलास अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न आग्रह गरिएको छ ।

बगाएका सामान र शवहरु धेरैजसो नवलपरासीको त्रिवेणी बाँध फेला पर्ने भएकाले त्यहाँ कुनै शव फेला परेमा जानकारी गराउन आग्रह समेत गरिएको प्रहरी प्रमुख एसपी राजकुमार बैदरवारले जानकारी दिए । बगाएका सामानहरु तैरिने त्रिशुली नदीका सवै सम्भावित ठाउँहरुमा प्रहरीहरुको निगरानी पनि बढाइएको बैदरवारले जानकारी दिए ।

शुक्रवार सर्लाहीको मलङगवामा चालक सहित ४५ जना यात्रु बोकेर आएको ना ६ ख ७४६९ नम्वरको बस धादिङको सलाङघाटमा दुर्घटना भएको थियो । हालसम्म दुर्घटनामा परेर मृत्यु भएका १० जनाको शव फेला परेको छ ।

२०७६ साउन २६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: