Thu. Apr 18th, 2024

बाँध र कुलो क्षतिग्रस्त : बालुवा तस्करहरुको ज्यादती कहिले सम्म ? (भिडियो सहित)

२७ साउन, धादिङ / मनिष दुवाडी –

शनिवार गजुरी गाउँपालिकाको वडा नं ६ दरियाँल खोलामा अवैधानिक रुपमा बालुवा निकालेको खाल्डामा डुवेर २ जना युवाहरुको ज्यान गयो । यसअघि पनि पटक पटक बालुवा निकाल्ने मजदुर तथा घाँसदाउरा र मेलापातमा हिडेका किसानहरु दरियाँल खोलामा डुवेका थिए । बालुवा तस्करहरुको अवैधानिक कामले स्थानीयलाइ सास्ती खेप्न बाध्य भएपछि प्रशासन पनि नगुहारेका होइनन् तर स्थानीय सरकार र प्रशासनकै मिलेमतोमा हुने अवैधानिक उत्खनन्ले स्थानीयबासी तथा मजदुरहरु ठुलो सास्ती खेप्दै आएका छन् ।

दरियाल खोलामा बालुवा तस्करहरुको ज्यादतीको विषयमा तयार पारिएको भिडियो रिपोर्ट

२ साता अघि त्यस क्षेत्रका स्थानीयहरुले जथाभावी बालुवा उत्खनन गरेर स्थानीयहरुको रोजीरोटी खोसिएको र घाँसदाउरा मेलापात गर्नको लागि पनि जोखिम भएको भन्दै जिल्ला प्रशासनमै हार गुहार गर्दै आइपुगेका थिए । तर पदलाइ पैसासंग साटेर अकुत कुम्ल्याउन पल्किएकाहरुले दरियाँल खोला आसपासका स्थानीयहरुको हार गुहार किन सुन्थे र ? आखिर जे नहुनु पथ्र्याे त्यो भइछाड्यो । खोलामा डुवेर कलिलै उमेरका २ युवाको अकालमै ज्यान गयो । आक्रोशित भएका स्थानीयले बालुवा निकाल्ने ३ वटा स्काभेटरमा आगो लगाइदिए ।

तस्करहरुको ज्यादती यतिसम्म छ कि खोला किनारहरुमा स्थानीय किसानले खेती गरेको जग्गामा पनि सार्वजनिक जग्गा भएको भन्दै बालुवा थुपारेर राखेका छन् । खोलामा जथाभावी उत्खनन् गरिदिँदा खेतमा पानी लैजाने बाध तथा कुलाहरु भत्काइएको छ भने पानी लैजान नपाएर कतिपयले खेत रोपाइ समेत गर्न पाएका छैनन् ।

असारमा रोपाइ गरिएको खेतमा अवैध रुपमा खोलाको उत्खनन गरेर बाँध भत्काइदिएपछि पानी लगाउन नपाएको किसानहरुको दुःखेसो छ । बालुवा तस्करहरुले जनतालाइ सास्ती दिएपछि स्थानीयहरुले आफ्नै वडाका निर्वाचित जनप्रतिनिधिहरु पनि नगुहारेका होइनन् । तर जन प्रतिनिधिहरुपनि बालुवा तस्करहरुसगं मिलेर उल्टै स्थानीय विरुद्ध लागिपरेका छन् ।

नियमत प्राकृतिक स्रोतको अवैध दोहन गर्नेगरि खोला तथा नदीहरुमा डोजर लगाएर बालुवा निकाल्न पाइदैन । २ साता अघि दरियाँल खोलामै अवैध उत्खनन् गर्ने ३ वटा स्काभेटरलाइ ५० हजार जरिवाना तिराएर छोडिएको थियो । धादिङका प्रमुख जिल्ला अधिकारीले भागिरथ पाण्डेले पनि अवैध उत्खनन गर्नेहरुलाइ कारवाहीका दायरामा ल्याइरहेको बताएका छन् । , ‘कुनैपनि हालतमा खोलामा मेसिन लगाउन पाइदैन ।’ पाण्डेले भने, ‘यो रोक्ने काम गाउँपालिकाको पनि हो ।’

तर गाउँपालिका, प्रशासन र बालुवा तस्करहरु एकाआपसमा मिल्ने र अनि कारवाही पनि गरेजस्तो गरेर तस्करहरुलाइ अवैध उत्खनन गर्न छुट कहिलेसम्म दिइरहने ? दरियाँल खोलाका स्थानीयहरुको यो प्रश्न ज्यादै पेचिलो बनेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: