Fri. Jul 19th, 2024

हामी चाहिँ पीडित होइनौँ र ?

सरिता श्रेष्ठ, धादिङ –

IMG_0218
सदरमुकाम धादिङबेसीमा कोठा लिएर बस्दै आइरहेका सुनिता शाहीले अझै पनि त्रिपाल पाउनु भएको छैन । भूकम्पपछि त्रिपाल लिनका लािग कहिले जिल्ला प्रशासन कार्यलय त कहिले नगरपालिकाको कार्यलयमा धाउदा पनि पाउन नसकेको उहाँको गुनासो छ । सदरमुकाम धादिङबेसीमा कोठा लिएर बस्दै आएका सुनिताका ४ जनाको परिवार भूकम्पपछि पनि चर्किएको कोठामा बस्दै आएका छन् । घर चर्किएको छ, बस्न हुँदैन, थाहा छ तर खुल्ला ठाऊँमा जान खै त्रिपाल ? सुनिता भन्नुहुन्छ– जोखिम मोलेरै चर्किएको कोठामा रात बिताउँदै छौँ हामी । बेला बेलामा गएको भूकम्पको पराकम्पनले जतिबेला जे गर्न पनि सक्छ ।

भूकम्पको पराकम्पन आएपछि कहिले आत्तिएर सबै जना एकै गाऊँमा बस्छौँ त कहिले भाग्छौँ । कहिले काहीँ त लाग्छ यहि घरले च्यापिएर मर्नु पर्ने पो हो की । सुनिता त एक प्रतिनिधी पात्र मात्रै हुन्, सुनिताको जस्तै पिडा भोगिरहेका छन् सदरमुकाम धादिङबेशीका अधिकांश डेरावालाहरुले । भूकम्प गएपछि त्रिपाल लिन नगरपालिका पुगेकाहरु खाली हात फर्कन बाध्य छन् ।

नगरपालिकाले सदरमुकाम धादिङबेसीका प्रत्येक घरधूरीलाई एकएक वटा त्रिपाल बाँड्यो तर सोही घरहरुमा बस्दै आएका भूकम्प पीडित डेरावालाहरु नगरपालीकाको नजरमा पर्न सकेनन् । उनिहरु भन्छन्–एक दुई दिन त घरपेटीको शरणमा बसेका थियौँ तर, अरुको शरण कतिञ्जेल बस्नु ?

डेरावालाहरुले यस्तो गुनासो गरिरहँदा, नगरपालिकाले भने सीमित मात्रामा मात्र त्रिपाल आएको भएर कोठामा बस्नेहरुलाई समेट्ने नसकेको बताएको छ । र त्रिपाल लिन आ–आफ्नै गाविसमा जानका लागि अनुरोध पनि गरेको छ । तर छिनछिनमा गईरहने भुकम्पका पराकम्पनले त्रसित बनाईरहेको समयमा गाउँ सम्म पुग्ने आँट नभएको पिडितहरु बताउँछन् ।

About The Author

Loading...

अन्य समाचारहरु: