Mon. Aug 26th, 2019

धादिङको मैदीमा जीप दुर्घटना, १४ जना घाइते


२८ साउन, धादिङ –

धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ मैदी अमराईमा बोलेरो जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

धादिङबेसीबाट मैदीको लागि छुटेको बा १३ च ५२३० नम्बरको बोलेरो गाडी मंगलबार दुर्घटना भएको हो ।

घाईतेहरुको स्थानीयवासी तथा प्रहरीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धादिङबेसीमा ल्याइएको छ । घाईते मध्ये ६ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । उकालोमा ब्रेक फेल भएर जिप दुर्घटनामा परेको हो ।

२०७६ साउन २८ गते प्रकाशित

Loading...