Wed. Nov 20th, 2019

मध्यरातमा चोरजसरी प्रहरी नै स्थानीयको घरमा पसेपछि…

स्थानीयले पक्राउ गरेर प्रहरीलाइ बुझाएका प्रहरी जवान अरविन्दकुमार दास, साथै उनको साथमा रहेको हत्कडी र पेस्तोल

जिल्ला प्रहरी कार्यलय धादिङमा कार्यरत प्रहरी जवान अरविन्द कुमार दासलाइ चोरी गर्न लागेको आरोपमा स्थानीयले समातेर प्रहरीलाइ नै बुझाएका छन् ।

नीलकण्ठ नगरपालिका वडा नं ८ विर्तावेशी स्थित इन्द्र बहादुर श्रेष्ठ (धादिङे दाइ) को घरमा राती १ बजेको समयमा घर बाहिरबाट काठकाे भ¥याङ हालेर उक्लिरहेका बेला स्थानीयहरुले थाहा पाएर हल्ला खल्ला गरेका थिए ।

स्थानीयहरुको हल्लाखल्ला पछि भागेका हाम्फालेर भागेका दासलाइ पिडालुवारीमा लुकिरहेको अवस्थामा फेला पारेको नीलकण्ठ नगरपालिका वडा नं ८ का स्थानीय विदुर सिलवालले बताए ।

हतकडी र पेस्तोल सहित रहेका दासलाइ स्थानीय युवाहरुले नियन्त्रणलमा लिएपछि प्रहरी भएको खुलेको थियो । उनी केही समय अघि देखि सिभिल प्रहरी/घुमुवाप्रहरीको रुपमा जिल्ला सदरमुका धादिङवेशी आसपास सक्रिय रहेका थिए ।

केही दिन अघि सोही क्षेत्रमा बनिरहेको एउटा घरमा रहेका मजदुरहरु संग रक्सीमासुभात खाएर बसेका दासले त्यही घरको मोवाइल चोरर भागेको आरोप पनि लागेको छ । स्थानीयले पक्राउ गरेपछि दासले भने विप्लव माओवादी पक्राउ गर्न जाँदा झुक्किएर उक्त ठाउँमा पुगेको बताएका थिए ।

दासको साथमा पेस्तोल र हत्कडी भेटिएपछि प्रहरीलाइ जिम्मा लगाएको स्थानीय मेघनाथ कोइरालाले बताए । उनले भने, ‘स्थानीयबासीले घेरा हालेर पक्राउ गरेर केरकार गर्न थालेपछि उसले आफु सिआइडी प्रहरी भएको बतायो, त्यसपछि प्रहरी बोलाएर जिम्मा लगाएका हाैँ ।’

घटना पछि विर्तावेशीका स्थानीयहरु बुधवार दासलाइ कारवाही गर्न र शान्ति सुरक्षाको प्रत्याभुति गराउनुपर्ने माग गर्दै जिल्ला प्रहरी कार्यलय धादिङमा निवदेन लिएर गएका थिए ।

प्रहरी प्रमुख राजकुमार बैदवारले स्थानीयहरुको निवेदन बुझ्दै दोषी प्रहरीलाइ कारवाही गर्ने प्रतिवद्धता जनाएपछि आफुहरु फर्किएको नीलकण्ठ नगर कार्यपालिका सदस्य समेत रहेका स्थानीय प्रकाश कुमार श्रेष्ठले बताए ।

घटनाको प्रारम्भिक अनुसन्धानमा प्रहरीको गल्ती देखिएको प्रहरी प्रमुख एसपी बैदवारले बताए । ‘सिभिल डेसमा गस्तीमा निक्लने प्रहरी हो ।’ उनले भने, ‘उसले मदिरा सेवन पनि गरेको रहेछ, हामीले परीक्षण गराएका छौँ, सवै अनुसन्धान प्रक्रिया पुरा गरेर हामी कारवाही गर्छौ ।’ त्यहाँ के कारणले गएको थियो भन्ने बारेमा अनुसन्धान सकेपछि कारवाही गरिने वैदवारले बताए ।

Loading...