Fri. Mar 29th, 2024

धादिङमा यसरी मनाइयो १ सय ८० औँ विश्व फोटोग्राफी दिवस

फोटो पत्रकार संघ धादिङको अध्यक्षमा दुवाडी

२ भाद्र, धादिङ —

१ सय ८० औ विश्व फोटोग्राफी दिवसको अवसरमा धादिङवेशीमा प्रभातफेरीको आयोजना गरेर मनाइएको छ । राष्ट्रिय फोटोपत्रकार समुह नेपाल र नेपाल फोटोपत्रकार संघ धादिङको आयोजनामा संयुक्त रुपमा प्रभातफेरीको आयोजना गरिएको हो ।

धादिङवेशी बजारका विभिन्न भाग परिक्रमा गर्दै वीचबजारमा पुगेर अन्तरक्रिया कार्यक्रम गरिएको थियो । अन्तरक्रियामा राष्ट्रिय फोटो पत्रकार समुह अध्यक्ष राजेन्द्र चित्रकार र महासचिव प्रदीप राज वन्तले विश्वमा फोटोग्राफीको इतिहाँस र नेपालको यसको विक्रासक्रमको बारेमा बताएका थिए ।

प्रभातफेरीमा नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुङगाना, सदरमुकाम स्थित नीलकण्ठ माद्यमिक विद्यालय पत्रकारिता अध्ययनरत र एडभान्स एकेडेमीमा कानुन् अध्ययनरत विद्याथीहरु सहभागी पनि भएका थिए ।

फोटोपत्रकार संघ धादिङको अध्यक्षमा दुवाडी
विश्व फोटोग्राफी दिवसकै अवसर पारेर आयोजना गरिएको नेपाल फोटोपत्रकार संघ धादिङको दोस्रो अधिवेशले मनिष दुवाडीको अध्यक्षतामा नयाँ कार्यसमिति बनाएको छ । समितिको उपाध्यक्षमा सन्तोष श्रेष्ठ, सचिव सरिता श्रेष्ठ, सह–सचिवमा गोमा थापा र कोषाध्यक्षमा रामकुमार थापा चयन भएका छन् ।

त्यसैगरि सदस्यहरुमा सदस्यहरुमा विपिन मल्ल, सुशिल थापा, विष्णु कुमार श्रेष्ठ र सुशिला विश्वकर्मा रहेका छन् । ४३ जना फोटो पत्रकारहरु सदस्य रहेको फोटो पत्रकार संघ धादिङले फोटो प्रतियोगीतामा, फोटो कार्यशाला जस्ता विभिन्न गतिविधि गर्दै आएको छ ।

त्यस्तै सोही अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह नेपालको ३ नम्बर प्रदेश कार्यसमिति पनि घोषणा गरिएको छ । अध्यक्षमा धादिङका नारायण सिलवाल चयन भएका छन् । राष्ट्रिय फोटो पत्रकार समुह नेपालका केन्द्रिय समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा भएको उक्त प्रथम अधिवेशनबाट ३ नम्बर प्रदेश समितिको उपाध्यक्षमा हेटौडाका सुदिप सिवाकोटी, सचिवमा धादिङका राजन अधिकारी र कोषाध्यक्षमा काठमाण्डौका लोकेश लिम्बु तथा सदस्यहरुमा कपिल खड्का, राजेन्द्र आचार्य, राजेन्द्र गजुरेल चयन भएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: