Thu. Sep 19th, 2019

धादिङको मझिमटारबाट लागु औषध गाँजा सहित तीनजना पक्राउ

३ भदौ, धादिङ –


जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं ९ मझिमटारबाट प्रहरीले ८ किलो ५०० ग्राम लागुऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । काठमाडौँबाट पोखरातर्फ जादै गरेको ग १ ख ७७०२ नम्बरको बस चेकजाँच गर्ने क्रममा गाँजा भेटिएको हो ।

बसको सिटमाथि कपडाको झोलामा लुकाई छिपाई राखेको अवस्थामा जोगिमारा प्रहरीको टोलीले बरामद गरेको हो । गाँजासहित बसमा सवार कास्की जिल्लाको माछापुच्छ्रे नगरपालिका वडा नं ८ बस्ने १८ वर्षीय सन्जोक सुनारलाई पक्राउ गरिएको छ ।

सुनारलाई नियन्त्रण गरि अनुसन्धान गर्दा उक्त लागु औषध गाँजा मलेखुबाट पोखरा तर्फ जादै गरेको ग १३ प ५०४९ नम्बरको स्कुटरमा सवार ब्यक्तिहरुको रहेको खुलेको छ ।

अनुसन्धानका आधारमा स्कुटर चालक स्याङजाको चिनिबास बस्ने १९ वर्षीय नयन थापा मगर, स्कुटी पछाडी सवार कास्कीको लेखनाथ महानगरपालिका वडा नं ९ बस्ने १९ वर्षीय संगीत बिकलाई पनि पक्राउ गरिएको छ ।

२०७६ भदौ ३ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: