Thu. Sep 19th, 2019

धादिङमा झुक्याएर नेपाली नागरिकता लिने दुई जना पक्राउ

४ भदौ, धादिङ –


धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० ओप्राङका (साविकको जोगीमारा गाविस वडा नं ५) बुद्धि बहादुर प्रजा र अर्का एक जना झुटा विवरण पेश गरि नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

सुक देउ प्रजा र हिरामाया प्रजाका ५१ वर्षिय छोरा बुद्धि बहादुर प्रजाले आफनो सहोदर भाइ बनाएर अर्कै ब्यक्तिलाइ प्रेम बहादुर प्रजाको नाममा नागरिकता दिलाएको आरोपमा जिल्ला प्रहरी कार्यलय धादिङले उनीहरुलाई पक्राउ गरेको हो ।

नागरिकता बनाउनको लागि अनिवार्य रुपमा वडा कार्यलयबाट त्यही वडावासी भएको सिफारिस लिनुपर्ने हुन्छ । आफु नभएको बेलामा कर्मचारीले सिफारिस बनाइदिएको र सही गर्ने बेलामा शंका लागेर सोध्दा स्थानीयले समेत बुद्धि बहादुरको भाइ हो भन्ने बताइदिएपछि आफुले नागरिकताको सिफारिस दिएको बेनिघाट रोराङ १० का वडाअध्यक्ष अम्वर बहादुर गुरुङले बताए ।

बुद्धि बहादुर संगै पक्राउ परेका अर्का ब्यक्तिको बास्तविक ठेगाना खुल्न सकेको छैन । धादिङका प्रहरी प्रमुख राजकुमार बैदरवारले भने, ‘प्रारम्भिक अनुसन्धानमा भारतिय नागरिक भन्ने कुरा आएको छ, पक्राउ परेका ब्यक्तिको बास्तविक ठेगाना खुलेको छैन, हामी अनुसन्धानमै छौँ ।’
पक्राउ परेकाहरुबाट नागरिकता र कागजात किर्ते सम्वन्धी मुद्धामा अनुसन्धान सुरु गरिएको र यस घटनासंग जोडिएका सवै पक्षहरुलाइ अनुसन्धानको दायरामा ल्याइने उनले जानकारी दिए ।

अनुसन्धान सकिएपछि बेनिघाट रोराङ १० का प्रेम बहादुर चेपाङको नाममा जारी भएको नागरिकता खारेज गरिने प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताए । झुक्याएर नागरिकता लिनेहरुलाई पनि कानुन अनुसार कारवाही गरिने उनले बताए ।

२०७६ भदौ ४ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: