Fri. Mar 29th, 2024

वातावरण विभागमै फोहोरको डंगुर


५ भदौ, काठमाडौं –

महानगरपालिकाको वातावरण विभागअन्तर्गत ट्रान्सफर केन्द्रमा फोहोरको डंगुर थुप्रिएको छ। सामान्यतया वातावरण विभागको ट्रान्सफर केन्द्रमा साना गाडीले ल्याएको फोहोर संकलन गरिन्छ। संकलित फोहोर ठूला गाडीमा लोड गरेर सिसडोलसम्म पुर्‍याइन्छ। तर, अहिले सिसडोल पुर्‍याउन समस्या भएकाले फोहोर वातावरण विभागको ट्रान्सफर केन्द्रमै जम्मा हुन थालेको हो।

सिसडोलको डम्पिङसाइटमा फोहोर फाल्ने जमिन सकिएपछि समस्या भएको हो। सधैं फोहोर फ्याँक्ने ठाउँ भरिएपछि कोल्पु खोलाछेउमा फालिँदै छ। फोहोर जम्मा गर्ने ठाउँमा पुग्ने बाटो साँघुरो भएकाले फोहोर बोकेर गएका गाडीले घण्टौं कुर्नुपर्छ। विभागका अनुसार महानगरसँग फोहोर फाल्ने १७ वटा गाडी छन्। तीमध्ये केही बिग्रिएका छन्। निजी कम्पनीका गाडीले पनि फोहोर उठाउने गरेका छन्। तर, तिनले पनि केही समयअघि फोहोर फाल्ने ठाउँमा गाडी जान नसकेपछि लैजान मानेनन्। जसले गर्दा, महानगरबाट दैनिक निस्कने फोहोर वातावरण विभागमै जम्मा भएको हो।

About The Author

Loading...

अन्य समाचारहरु: