Fri. Mar 29th, 2024

१५ कर्मचारी कारबाहीमा

फाइल तस्विर

५ भदौ, रुकुम –

पश्चिममा कार्यरत १५ जना सरकारी कर्मचारीलाई कारबाही गरिएको छ। जिल्ला प्रशासन कार्यालयले गरेको छड्के निरीक्षणको क्रममा नियम पालना नगर्ने विभिन्न कार्यालयका १५ जना कर्मचारीलाई कारबाही गरिएको प्रमुख जिल्ला अधिकारी उपन्द्रराज पौडेलले जानकारी दिए।

जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, मालपोत, नापि, वीउ उत्पादन केन्द्र चापालगायतका सरकारी कार्यालयमा अनुगमण गरिएको उनले बताए। वीउ उत्पादन केन्द्रबाहेक अन्य सबै कार्यालयमा कर्मचारीको हाजिरी विवरण दुरुस्त नभएको, कार्यालय समयमा पोशाक नलगाएको, कार्यालय समयमभन्दा ढिलो आएको, नागरिक वडापत्र र उजुरी पेटिका नराखिएकोलगायतका त्रुटी फेला परेपछि कर्मचारीलाई कारबाही गरिएको प्रजिअ पौडेलको भनाइ छ।

सरकारी कर्मचारीले सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेको गुनासो आउन थालेपछि आफुहरुले छड्के अनुगन तथा निरीक्षक गरेको उनले बताए। ुसरकारी कर्मचारीले जनताको काम गर्नुपर्छ तर यहाँ अनावश्यक सेवाग्राहीलाई दुःख दिने काम भएको गुनासो आउन थाल्यो,ु प्रजिअ पौडेलले भने, ुहामीले छड्के अनुगमण गर्दा केही कर्मचारीबाट त्रुटी समेत फेला परेको छ, उनीहरुलाई कारबाही गरेका छौं।ु

कारबाहीमा परेका कर्मचारीलाई पहिलो चरणमा लेखित स्पष्टिकरण सोधिएको उनले बताए। चित्त बुझ्दो स्पष्टिकरण नआएमा विभागीय कारबाही समेत हुने बताइएको छ। अनुगमन र निरीक्षण भने आफूहरुले नियमित रुपमा गर्दै जाने प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ। ुआगामी दिनमा पनि हामी अनुगमण गर्छौं उनले भने, काममा लापरबाही गर्ने कर्मचारीलाई कारबाही र राम्रो काम गर्नेलाई पुरस्कृत गर्दछौं।

पनि कार्यालयमा कर्मचारीले अनावश्यक दुःख दिने र काममा ढिला गरेमा आफूलाई तत्काल खबर गर्न पनि सेवाग्राहीलाई उनले आग्रह गरेका छन्। प्रमुख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका टोलीले बुधबार बिहान यहाँका सरकारी कार्यालयमा छड्के निरीक्षण गरेको थियो

About The Author

Loading...

अन्य समाचारहरु: