Thu. Mar 28th, 2024

धादिङ जिल्ला अदालत बार एशोसियशनका पूर्व अध्यक्ष तिवारीको मृत्यु


१० भदौ, धादिङ –

धादिङ जिल्ला अदालत बार एशोसियशनका पूर्व अध्यक्ष अधिवक्ता दुर्गा तिवारीको मृत्यु भएको छ ।

२०७४ वैशाख १३ गते धादिङबाट काठमाडौं गईरहेको तिवारी बढेको एम्बुलेन्सल दुर्घटनामा घाईते भएर उपचार गराइरहेका उनको सोमबार मृत्यु भएको हो । दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेकोले शिक्षण अस्पताल महाराजगञ्ज उपचार गराइरहेको थियो । ।

धादिङको मैदी स्थायी घर भएका ४८ वर्षीय तिवारी नेपाल बार एसोसिएसन धादिङको पूर्व जिल्ला अध्यक्ष समेत हुन् । दुई छोरी र श्रीमतीलाई काठमाडौं राखेर उनी आफू धादिङबेसीमा रहेर वकालतको काम गर्दै आईरहेका थिए ।

२०७६ भदौ १० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: