Fri. Mar 29th, 2024

धादिङको गजुरीमा लगाइएका अबैध गाँजा खेती नष्ट


११ भदौ, धादिङ –


धादिङको दक्षिणी भेगमा लगाइएको अबैध गाँजा खेती प्रहरीले नष्ट गरेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङ र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले गजुरी गाउँपालिका वडा नं ४ गैरीगाउँमा लगाइएको गाँजा नष्ट गरेका हुन् ।

अबैध रुपमा खेत बारीमा र घर छेउछाउ खाली जमिनमा लगाइएको गाँजा नष्ट गरिएको प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए । त्यहाँका स्थानीयले हुकाउँदै गरेको दुई सय ५० भन्दा बढी रोपनीमा लगाइएको गाँजा फँडानी गरिएको बैदवारले बताए ।

छिमेकी जिल्ला मकवानपुरसँग सिमाना जोडिएको क्षेत्रहरुका स्थानीयले व्यवसायीक रुपमा गर्दै आइरहेका छन् । मकै, कोदोको रोपिएकै ठाउँमा गाँजा खेती गर्ने गरेका छन् । पाखा भरि लगाइएका गाँजालाई ४१ जनाको टोलीले नष्ट गरेका हुन् । प्रहरी गाँजा नष्ट गर्न गाँउ पसेपछि स्थानीयहरुको भागाभाग चलेको थियो ।

अबैध रुपमा खेती गरिएको गाँजा नष्ट गर्ने अभियानमा प्रहरीले अभियान नै बनाएको प्रहरी उपरीक्षक बैदवारले बताए । यसलाई निरन्तर रुपमा संचालन गर्ने उनको भनाई छ ।

२०७६ भदौ ११ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: