Thu. Mar 28th, 2024

धादिङको ज्वालामुखीमा बोलेरो जीप दुर्घटना, १५ जना घाईते


१५ भदौ, धादिङ –


धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ६ धौँखोलामा बोलेरो जीप दुर्घटना हुदाँ १५ जना घाईते भएका छन् ।

खरीबाट सदरमुकाम धादिङबेसी आउँदै गरेको ग १ ज ५४३१ नम्बरको जीप अनियन्त्रित भइ सडकबाट ५ मिटर तल खसेको प्रहरीले जानकारी दिए । दुर्घटनामा १५ जना घाईते भएका छन् । घाईते मध्ये दुई जनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा गम्भीर घाईते भएका ज्वालामुखी गाउँपालिका वडा नं ५ खरीका ३१ वर्षीय रामबहादुर दुवाडी र ६५ वर्षीय काली गुरुङलाई जिल्ला अस्पताल धादिङबेसीमा उपचारपछि थप उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टरमा पठाइएको छ ।

दुर्घटनामा ज्वालामुखी गाउँपालिका ५ खरीका २९ वर्षीय सोमबहादुर मगराती, २२ वर्षीय लक्ष्मी रोक्का, १२ वर्षीय रमेश रोक्का, २५ वर्षीय गीता रोक्का, २२ वर्षीय धनबहादुर दुवाडी, ६ वर्षीय रोचिता गुरुङ घाईते भएका छन् ।

त्यस्तै १० वर्षीय सरिता रोक्का, १० वर्षीय पार्वती नेपाली, ५० वर्षीय १० वर्षीय सुनिल बालकोटी, १७ वर्षीय सरस्वती गुरुङ, नीलकण्ठ नगरपालिका २ साखुका १३ वर्षीय सिर्जना नेपाली घाईते भएका छन् । घाईतेहरुको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

२०७६ भदौ १५ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: