Thu. Sep 19th, 2019

रोकियो युनाइटेड

??????????????????????????????????????????????????????????


१५ भदौ , काठमाडौ –

काठमाडौँ — साउथह्याम्पटन ९एएफपी०– म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगको नयाँ सिजन सुरुआती चारमध्ये तीन खेलमा अंक गुमाएको छ । शनिबार सेन्ट मेरिजमा १० खेलाडीमा समेटिएको साउथह्याम्पटनसँग युनाइटेडले १–१ को बराबरी खेल्दै अंक बाँडेको छ ।

१ करोड ५० लाख पाउन्डमा स्वान्सी सिटीबाट अनुबन्ध गरिएका डानियल जेम्सको सानदार लय जारी रह्यो । उनले सुरुआती १० मिनेटभित्रै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर पछिल्लो सिजनको अन्त्यतिर रक्षापंक्तिमा देखिएको ठूलो समस्या समाधान गर्न नर्वेली प्रशिक्षक ओले गनर सोल्सायर अझै सफल भइनसकेको प्रमाणस्वरुप दोस्रो हाफको १८ औं मिनेटमा जेन्निक भेस्टरगार्डले हेड गोल गरी खेल बराबरीमा ल्याए ।

२०७६ भदौ १५ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: