Thu. Nov 14th, 2019

थ्रीडि प्रविधिमा धादिङमा ड्रोनबाट नक्साङकन सुरु हुँदै

१९ भदौ, धादिङ –


स्मार्ट सिटि निर्माणको लागि अहिलेको नविनतम प्रविधी 3D मा धादिङको मलेखुबाट नक्साङकन सुरु हुने भएको छ।

२ स्क्यायर किलोमीटर क्षेत्रमा ड्रोनबाट लिईने तस्बिरहरुलाई सफ्टवेयर मार्फत 3D बिधिमा हेर्न सकिने यो प्रविधी मार्फत सहरको निर्माणलाई कम्प्युटरबाटै सम्बन्धित स्थलमा नगई योजना बनाउन सकिनेछ ।

ईन्जिनियरहरुले यसैलाई सडक निर्माण, पुल, बत्ति लगायत स्मार्ट सिटिको डिपिआर निर्माण तथा जग्गा कित्ताकाटका कामहरु पनि फिल्डमा नगई गर्न सकिनेछ। Airlift Tecnology ले नेपालमा नै पहिलो पटक गर्न लागिएको ड्रोन नक्साङकन माननीय सांसद भुमी त्रिपाठीको पहलमा धादिङमा सुरु हुन लागेको हो।

बेनिघाट रोराङ गाउँपालिका वडा न३ को मलेखुबाट सुरुहुने ड्रोन म्यापीङ यसको प्रभावकारिता हेरि छिटै जिल्लाका अन्य ठाउँमा पनि सुरु गरिने युवा नेता विष्णुहरी त्रिपाठीले जानकारी दिए ।


२०७६ भदौ १९ गते प्रकाशित

Loading...