Thu. Sep 19th, 2019

गंगाजमुना गाउँपालिकामा जोखिमयुक्त समुदायको तथ्याङक संकलन

२२ भदौ, धादिङ–


धादिङको गंगाजमुना गाउँपालिकामा जोखिमयुक्त समुदायको नीजि आवासको अवस्था र संकलित तथ्यगत विवरणको पालिकास्तरीय छलफल कार्यक्रम गरिएको छ । यूकेको सहयोगमा बिहानी परियोजनाले कार्यक्रमको आयोजना गरेको हो ।

परियोजनाले जोखिमयुक्त समुदाय अन्र्तगत एकल महिला, अपांगता भएका व्यक्ति, विपन्नता तथा खाद्य सुरक्षा असुरक्षित र जेष्ठ नागरिकको तथ्यगत विवरण संकलन गरेको छ । गजुरी, खनियावास र गंगाजमुना गाउँपालिकामा गत २०७५ माघदेखि चैतसम्म संकलन गरिएको हो ।

जस अन्र्तगत गंगाजमुना गाउँपालिकामा ८ सय ७५ जना जोखिमयुक्त समूहको तथ्याङ संकलन गरिएको छ ।

यसमा २ सय २ जना एकल महिला, २ सय ३० जना अपांगता भएका व्यक्ति, २ सय ५३ जना विपन्न घरधुरी भूकम्पले विस्थापित १५ घरधुरी र जेष्ठ नागरिक १ सय ७५ जना रहेको बिहानी परियोजनाका कार्यक्रम संयोजक दिनेश बहादुर बस्नेतले बताए । संकलन गरिएको तथ्याङ विवरण एक कार्यक्रमको आयोजना गरि पालिकालाई हस्तान्तरण गरिएको छ ।

२०७६ भदौ २२ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: