Thu. Sep 19th, 2019

ब्राउन सुगरसहित नागढुंगाबाट एक जना पक्राउ


२३ भदौ, काठमाडौं –

प्रहरीले अवैध लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामका कञ्चन प्रधान छन् ।

काठमाडौं प्रवेश गर्ने नाका नागढुंगामा राखिएको चेकपोइन्टमा जाँच गर्ने क्रममा काँकरभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ७ ख १०५५ नम्बरको बसबाट प्रधान समातिएका हुन् ।

प्रहरीका अनुसार उनको साथबाट ४७।७ ग्राम ब्राउन सुगर बरामद भएको थियो ।

यता, महानगरीय प्रहरी प्रभाग कपनले पनि औषधिजन्य लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ-१२, मिलन चोकका सुनिल थपलिया छन् ।

उनको साथबाट प्रहरीले फेनरागन, नुफिन र डाइजेपाम गरी ११ एम्पुल बरामद भएको जनाइएको छ ।

२०७६ भदौ २३ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: