Thu. Nov 14th, 2019

तिप्लिङका किसानद्धारा चौरी व्यवसायबाट १ लाखसम्म आम्दानी

२४ भदौ, धादिङ –


पुस्तोदेखि चौरीपालन व्यवसाय गर्दै आइरहेका रुविभ्याली गाउँपालिका वडा नं १ तिप्लिङ दिनेश तामाङले बाजेले गरेको व्यवसायलाई धानिरहेका छन् । पुख्यौली पेशालाई नै निरन्तरता दिदैँ गोठमा ३५ वटा चौरी पालेको तामाङले बताए । चौरीलाई खर्कमा पु¥याउने, स्याहार सुसार, दानापानीका लागि तामाङको परिवारका अन्य सदस्यहरुले पनि सघाउने गर्दछ ।

चौरीले दिएको दूध पाङसाङमा आफैले निर्माण गरिएको संकलन केन्द्रमा लैजाने गर्दछ । यसबाट छुर्पी, चिज, पनिर, नौनी लगायतका चिजहरु उत्पादन गरिने गर्दछ । यसरी उत्पादन भएको बस्तुहरु छिमेकी जिल्ला रसुवाबाट चीनको व्यापारिक केन्द्र केरुङ, काठमाडौँ लगायतका ठाउँहरुमा निकासी गरेर मनग्य आम्दानी लिने गर्दछन् । तामाङसँगै तिप्लिङका वरपरका साथीहरु पनि चौरी पालेर जीविकोपार्जन गर्दै आइरहेका छन् ।

धादिङ सदरमुकामबाट नुवाकोट र रसुवा हुँदै पुग्न सकिने तिप्लिङका स्थानीयको दैनिकी भनेकै खर्कमा चौरी चराउनु, बिहान बेलुका दूध दिनु र संकलन केन्द्रसम्म लैजानु हो । तिप्लिङका १७ जनाले व्यावसायीक रुपमा चौरी पालेका छन् । गाउँमा सबैको गरेर चार सयको हाराहारीमा चौरी रहेका छन् । पर्यटकिय क्षेत्रको रुपमा विकास हुँदै गएको रुविभ्याली क्षेत्रको अवलोकनका लागि पुगेकाहरु चौरीको लस्कर देखेर आश्चर्यचकित हुने गर्दछन् ।

यतिबेला धादिङको पाङसाङ, नार्चेतमा तिप्लिङका चौरीपालक किसानहरुले गोठ राखेका छन् भने सीमाना जोडिएको रसुवाको गत्लाङबासीले सोमदाङमा चौरी गोठहरुले भरेका छन् । सोमदाङमा रहेका करिब ५० चौरी गोठमा १८ देखि ३० वटासम्म चौरीहरु रहेका छन् । उनीहरुले दैनिक ६ सय लिटर दुध दुग्ध विकास संस्थानको डेरीलाई बेच्छन् । डेरीले मौसम अनुसार ६० देखि ८० रुपैया प्रति लिटर खरिद गरेर चीज र छुर्पी उत्पादन गछन् । यस भेगको चीज र छुप्पी स्वादिष्ट मानिन्छ ।

चौरी गाईपालन तिप्लिङबासीको परम्परागत पेशा हो । उब्जनी नहुने र रोजगारीको अन्य माध्यम नभएपछि पुस्तौदेखि यसैपेशालाई निरन्तरता दिइरहेका छन् । यसले एकातिर धेरैलाई रोजगारी दिलाएको छ भने अर्कोतिर आर्थिक रुपमा सबल पनि बनाएको छ । प्रत्येक चौरी पालक किसानहरुले महिनामा ८० देखि एक लाख सम्म कमाउने गर्दछन् । चौरीलाई छाडा छोडिने र चरन क्षेत्र भनेकै खर्क, बनजंगल भएका कारण भीरबाट लडेर मर्ने गरेका छन् । हिम पातले पनि चौरी मर्ने गरेको भन्दै किसानहरुले बिमा गराइदिन माग गरेका छन् ।

२०७६ भदौ २४ गते प्रकाशित

Loading...