Thu. Sep 19th, 2019

उपचार गर्ने नाममा झाँक्रीले ब्लेडले पेट चिरिदिए (भिडियो सहित)

२६ भाद्र, धादिङ / मनिष दुवाडी –

जण्डिसको उपचार गरि शरिरको विकार फालिदिने भन्दै धादिङको नीलकण्ठ नगरपालिका वडा नं ३ का एक लामा झाँक्रीले विरामी पेटमा प्वाल पारिदिएका छन् ।

विगत २ महिनाअघि देखि जण्डिस रोगले थलिएका नीलकण्ठ नगरपालिका वडा नं ९ झगरेका राजु मगरको शरिरको विकार निकालिदिने भन्दै झाँक्री गज बहादुर लामाले पेटमा प्वाल पारिदिएका हुन् ।

भिडियो

झाँक्रीको उपचारले चाँडै जण्डिस रोग निको हुने विश्वामसा पर्दा राजु यतिबेला जीवनमरणको दोसाँधमा पुगेका छन् । बोल्न समेत नसक्ने अवस्थामा पुगेका राजुलाइ यतिबेला जिल्ला अस्पताल धादिङमा उपचारको लागि ल्याइएको छ ।

‘अस्पतालमा उपचार गराएर घरमै औषधी खाइरहेका थियौँ, विरामी निको भएकै थिएन ।’ राजुकी श्रीमती विमलाले भनिन्, ‘त्यसपछि झाँक्रीलाइ देखाउदा शरिरमा विकार रहेको र आफुले विकार निकालेर फालिदिने बताएपछि झाँक्रीको विश्वास गर्दा यस्तो घटना हुन पुग्यो ।’

झाँक्रीले शरिरमा भएको विकार निकालिदिन्छु भन्दै बन्द कोठमा थुनेर ब्लेडले पेटमा चिरिदिएका थिए । सुरुमा झाँक्रीले सुइ लगाएको जस्तो गरि केही सामानले घोचेको र पछि ब्लेटले पेट चिरेर त्यही घाउमा मुखले टोकिदिएको कुरा श्रीमानले आफुलाइ बताएको विमलाले बताइन् ।

झाँक्रीले पेटमा प्वाल खोपिदिएर अवस्था झनै विग्रिएपछि उनलाइ उपचारको लागि काठमाण्डौ स्थित अस्पतालमा लगिएको थियो । तर काठमाण्डौ नयाँबजार स्थित पिपुल मेडिकल कलेजले अरुले बनाइदिएको घाउ आफुले नहर्ने भन्दै पेटमा जमेको पानी निकालिदिएर फिर्ता गरिदिएको थियो ।

लामा तान्त्रिक विधिद्धारा उपचार गराउँदै आइरहेका विवादित ब्यक्ति हुन् । उनको यसअघि पनि केही घटनाहरु विवादमा आएका थिए । ३ वर्षअघि पनि धादिङ मुलपानीकै एक महिलाको पेटमा रहेको ५ महिनाको बच्चा उपचार गर्ने बहानामा हातैले निकालेर फालिदिएका थिए । त्यसपछि ती महिलालाइ प्रहरीकोमा उजुरी गर्न भनिएपनि लामा झाँक्रीले डरधम्की देखाएर तर्साएको अधिकारकर्मी राधिका सापकोटाले बताइन् ।

उनले भनिन्, ‘हामीले घटना बारे थाहा पाएका थियौँ, प्रहरीकोमा उजुरी गर्न पिडितलाइ आग्रह ग¥योँ, पिडितलाइ म मन्त्र लगाएरै मारिदिन्छु भन्ने धम्की दिएकाले घटना त्यसै सामसुम भएछ । झाँक्रीको कर्तुतबारे आफुले प्रहरीलाइ त्यतिबेलै मौखिक जानकारी गराएको भएपनि कुनै कारवाही नभएको सापकोटाले बताइन् ।

यता लामा झाँक्रीले भने आफुले विरामीको पेटमा प्वाल पर्ने गरि नचिरेको र आफुलाइ अनावश्यक आरोप लगाएको बताए । पाविलसंगको टेलिफोन कुराकानीमा लामाले भने, ‘अस्पतालले विरामीको उपचार सम्भव छैन भनेर पठाइदिएपछि उहाँहरु म भएठाउँमा आउनु भयो, मैले जानेसम्मको विधिबाट जण्डिसको उपचार गरिदिएको हुँ ।’

उपचार गर्दा थोरै रगत पनि आवश्यक भएकाले पेटमा थोरै काटेर रगत निकालेको भने लामा स्वीकार गरे । आफुले लामा विधिबाट सेतो कागज कानमा राखेर विरामीको कानबाट जण्डिस पनि निकालेको तथा जडिबुटीको दवाइ पनि बनाएर अस्पतालको औषधीसंगै खानु भनेर विरामी पठाइदिएको बताए ।

उपचार गर्ने भन्दै लामा झाँक्रीले विरामीको पेट चिरेको विषयमा आफुले जानकारी पाएपनि झाँक्रीलाइ कारवाहीको माग गर्दै कुनै लिखित उजुरी नआएको धादिङका प्रहरी प्रमुख राजकुमार बैदरवारले बताए । उनले भने, ‘प्रहरी अधिकृतहरु गएर विरामी अवस्था बुझ्नुभएको छ, घाउचोटको भिडियो लिएर आउनु भएको छ, हामीकहाँ उजुरी परेमा हामी थप कामकारवाही अगाडी बढाउँछौँ ।’


Loading...

अन्य समाचारहरु: