Thu. Oct 17th, 2019

राष्ट्रिय अखण्डता र एकताको लागि राजा आवश्यक छ : बुद्धिमान तामाङ

२६ भाद, धादिङ-

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले राष्ट्रिय अखण्डता र एकताको लागि भनेपनि राजा आवश्यक रहेको बताएका छन् । राप्रपाले राजतन्त्रको पक्षमा वकालत गर्दै गर्दा कोही नै राजा हुनुपर्छ भन्दा पनि राजसस्थाको लागि वकालत गरिरहेको तामाङले बताएका हुन् ।

राप्रपाको देशब्यापी कार्यकर्ता प्रशिक्षणको क्रममा गृहजिल्ला धादिङ आइपुगेका बेला तामाङले धादिङका पत्रकारहरुसंग भेटघाट गर्दै राप्रपाको अहिलेको राजनितिक एजेण्डा भनेको पुर्ण धार्मिक स्वत्रन्तता सहितको हिन्दु राष्ट्र र राष्ट्रिय एकताको लागि साँस्कृतिक÷सेरेमोनियल राजा नै रहेको बताए । उनले भने, ‘बेलायत जापान जस्ता विकससित मुलुकमा पनि राष्ट्रिय एकताकै लागि सास्कृति राजा छन् । उनीहरुको काम कर्तब्य केही छैन, हामीले पनि नेपालको हितको लागि त्यस्तै राजा हुनुपर्छ भनेका हाैँ।’

राष्टको कुनैपनि धर्म र जात नहुने भएपनि राष्ट्रिय पहिचानको लागि मात्रै भनेपनि नेपाल हिन्दु राष्ट्र हुनुपर्ने कुरामा तामाङले जोड दिए । ‘इसाइ, मुस्लिम देशहरु भनेर थुपै रहेका छन् ।’ तामाङले भने, ‘विश्वमा एउटा मात्रै देश हो जहाँ ८० प्रतिशत भन्दा माथी हिन्दु जनता छन्, ९५ प्रतिशत ओमकार परिवार जनता छन् । विश्वमै पहिचानको लागि मात्रै पनि नेपाल हिन्दु राष्ट्र हुनुपर्छ ।’ हिन्दु राष्ट्र बनाउदा पुर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र बनाइने भएकाले आफु बुद्धिष्ट धर्म मान्ने ब्यक्ति भएर पनि हिन्दु राष्ट्र घोषणा संघर्ष समितिको संयोजक रहेको नेता तामाङले बताए ।

फरक प्रसङगमा बोल्दै नेता तामाङले ठुुलो जनमत पाएर पनि बर्तमान सरकारले जनताको पिर मर्का र समस्या समाधान गर्न नसकेको आरोप लगाए । देशमा जताततै ब्याप्त भ्रष्टाचार र ठुला घोटाला काण्डले यो सरकारलाइ फसाएको उनको भनाइ थियो । बर्तमान प्रदेशको संरचना खारेज गरेर स्थानीय तहलाइ अझै अधिकार सम्पन्न बनाउने कुरामा राप्रपाले जोड दिइरहेको नेता तामाङले बताए । ‘अहिलेको प्रदेश सरकारको संरचना आवश्यक छैन ।’ तामाङले भने, ‘यो खारेज गरेर अहिलेको स्थानीय तहलाइ अझै शक्तिशाली बनाउनु पर्छ ।’

पुर्व पश्चिम रथयात्रा सहितको जागरण अभियान सकेर आगामी महाधिवेशन लक्षित गर्दै देशब्यापी कार्यकर्ता प्रशिक्षण अभियान लिएर हिडेको नेता तामाङले बताए । हालसम्म ४४ जिल्लामा कार्यकर्ता प्रशिक्षण्को काम सकिइसकेको उनले जानकारी दिए ।

Loading...

अन्य समाचारहरु: