Sat. Oct 12th, 2024

क्षति र पीडालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ : मन्त्री ज्ञवाली

radha-ghyali- ५ जेठ,  धादिङ – उर्जा मन्त्री राधा ज्ञवालीले सरकारले भूकम्प प्रभावित जिल्लाहरुमा क्षति र पीडालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । देशमा भइरहेको यो विपद् पार लगाउन सबै राजनीतिक दल एक ढिक्का बन्नुको विकल्प नरहेको बताउदै उहाँले जनताको पीडामा मलम लगाउन राजनीतिक दलहरु एक हुनुपर्ने बताउनुभयो । मन्त्री परिषद्को निर्णय अनुसार जिल्लामा भएको क्षति, राहत वितरण तथा उद्धार लगायतको अनुगमनका लागि मंगलबार धादिङ आउनुभएका मन्त्री ज्ञवालीले मानवीय संबेदनालाई हेरेर काम गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो । भूकम्पपछि अस्थाई घर निर्माणका लागि अन्यौलमा रहेका भूकम्पबाट पीडित बुढिगण्डकी प्रभावित क्षेत्रका नागरिकहरुलाई अन्यत्र सुरक्षित गराउने कुरा मन्त्रीपरिषदमा प्रस्ताव लैजाने ज्ञवालीले बताउनुभयो । जलविद्युतको विकास विना विपद्मा परेको मुलुक अगाडि बढ्न नसक्ने भएकाले धादिङ र गोरखाका बुढिगण्डकी आयोजनाबाट प्रभावित क्षेत्रका पीडितहरुले पटक पटक दोहो¥याएर अस्थाई घर बनाइरहँनुको साटो अहिले नै डुवान क्षेत्र भन्दा बाहिर बसोबास सार्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा बोल्दै सभाषद र राजनीतिक दलका अधिकांश नेताहरुले बुढिगण्डकी डुवान क्षेत्रमा पर्ने भुकम्प पीडितहरुलाई अहिले नै अन्यत्र सुरक्षित गराउन माग गरेका छन् ।

About The Author

अन्य समाचारहरु: