Fri. Oct 18th, 2019

भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि अन्तरक्रिया

२९ भाद्र, धादिङ-

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय मकवानपुरले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि धादिङ वेशीमा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ ।

धादिङ जिल्लामा रहेका १३ वटा स्थानीय तहका प्रमुख उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृत सहित १ सय ४ वटै वडाका अध्यक्षहरु तथा सम्पुर्ण कार्यलयका प्रमुखहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

पछिल्लो बर्ष अन्य क्षेत्रहरुमा भन्दा स्थानीय तहमा भ्रष्टाचार बढ्दै गएको र त्यसलाइ न्युनिकरण गर्नको लागि अपनाउन सकिने उपायहरु बारे कार्यक्रममा छलफल गरिएको थियो । एक वर्षको अवधिमा अख्तियारमा २४ हजार भन्दा बढी उजुरी परेको र त्यसको ३० प्रतिशत भन्दा बढी उजुरी स्थानीय तहमा हुने गरेका अनियमिताहहरुबारे रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताए ।

अन्तरक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बार्षिक उजुरी रेकर्ड तथा पछ्र्यौट रेकर्ड, अनुसन्धानमा आइपर्ने चुनौतीहरु, भ्रष्टाचार न्युनिकरणका लागि स्थानीय तहले गर्नसक्ने कामहरु लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय मकवानपुरका प्रमुख हुमकला पाण्डेले मकवानपुर कार्यलय अन्तरगत रहेका उजुरीहरु र गरिएका क्रियाकलापहरुको विषयमा जानकारी गराएकी थिइन् ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डाक्टर गणेश प्रसाद जोशीले सहभागीहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिँदै भ्रष्टाचार नियन्त्रणको गर्नको लागि जनचेतना अभिबृद्धि गर्ने उद्येश्यले जिल्लामा अन्तरक्रिया कार्यक्रम गरिएको बताए ।

Loading...

अन्य समाचारहरु: