Thu. Oct 17th, 2019

नेत्र बिक्रम चन्द विप्लवका जिल्ला सेक्रेटरी पक्राउ


३१ भदौ, धादिङ –


नेत्र बिक्रम चन्द विप्लवका जिल्ला सेक्रेटरी बुद्ध गुरुङ घलेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको धुनीबेसी नगरपालिका वडा नम्बर ९ पिपलामोडमा प्रदेश नम्बर ३–०२–००७ प ०९२७ नम्बरको मोटरसाईकल सहित पक्राउ गरिएको हो ।

बम राख्ने, एनसेलका टावर जलाउने लगायत विस्फोटक पदार्थ एवं संगठित अपराधमा संलग्न भई जिल्लाको शान्ति सुरक्षालाई खलल पु¥याउने गतिविधि गरेको आधारमा गुरुङलाई पक्राउ गरिएको हो ।

गुरुङलाई प्रहरीले गएको २०७६ असार १० गते सिद्धलेक गाउँपालिकामा पर्ने कालुपाण्डे मार्गको मुक्तिनाथ मन्दिर नजिकै सार्वजनिक स्थानमा बम राखेको, २०७५ साल फागुन २५ गते सिद्धलेक गाउँपालिकाको वडा नम्बर १ वैरेनीमा प्रेसर कुकुर बम राखी राजमार्गको सडक अबरोेध गरी स्थानियलाई आतङिकत बनाएको आरोप लागेको छ ।

त्यस्तै साउन १५ गते सिद्धलेककै लेखाडाँडाका साथै जिल्लाका विभिन्न स्थानमा रहेको एनसेलको टावरमा भएको आगजनी तथा बम विष्फोट, साउन ६ गते थाक्रे गाउँपालिकाको वडा नम्बर ३ चौफाटमा रहेको एनसेलको टावरमा आगजनी गरेको, यस्तै २०७५ साल फागुन ११ गते थाक्रे गाउँपालिकाकै वडा नम्बर ११ मान्खुमा रहेको एनसेलको टावरमा आगजनी गरेको लगायतका घटना घटाई फरार रहेका सेक्रेटरीलाई पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यलय धादिङले सार्वजनिक गरेको हो ।

सेक्रेटरी गुरुङको साथबाट नगद १ लाख २१ हजार नगद, विभिन्न ब्राण्डका ५ ओटा मोवाईल फोन पनि बरामद गरिएको छ । तीन ओटै टावरमा आगजनीबाट २ करोड ११ लाख ५९ हजार २ सय ६ रुपैयाँ क्षेत्री पुगेको प्रहरीले जनाएको छ ।

२०७६ भदौ ३१ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: