Thu. Apr 18th, 2024

दूधको मूल्य सरकारले बढायो ६ रुपैयाँ, उपभोक्तालाई १०


२ असोज , २०७६

काठमाडौँ — किसानले दूधको मूल्य नपाएको केन्द्रीय दुग्ध सहकारी संघ, डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनको गुनासोपश्चात् सरकारले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउन सिफारिस गर्‍यो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा दुग्ध विकास सस्थान९डीडीसी० ले पनि भदौ २१ गतेदेखि मूल्य बढाउने निर्णय गर्‍यो ।

डीडीसीले प्रशोधित दूध ९प्याकेट० आधा लिटरको ३ रुपैयाँ बढाए पनि बजारमा भने ५ रुपैयाँ थपेर बिक्री भइरहेको छ ।

मूल्यवृद्धि गर्नुअघि प्याकेट दूध ९आधा लिटर०को मूल्य ३५ रुपैयाँ थियो । डीडीसीले ३५ रुपैयाँबाट ३ रुपैयाँ बढाएर ३८ रुपैयाँ पुर्‍यायो । केही खुद्रा व्यापारीले भने ४० रुपैयाँमा बिक्री गरेका छन् । ‘सरकारले तोकेको रेटमा २ रुपैयाँ बढाएर बिक्री भएको छ । एक लिटर खरिद गर्दा उपभोक्ता थप ४ रुपैयाँ तिर्न बाध्य छन्,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘यो सरासर ठगी हो । कृषि मन्त्रालय र डीडीसीका कारण उपभोक्ताहरू मूल्यसँगै गुणस्तरमा पनि ठगिएका छन् ।’ सरकारले एक लिटरमा ६ रुपैयाँ बढाएको छ । उपभोक्ता १० रुपैयाँ तिर्न बाध्य छन् ।

डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले पनि आधा लिटरको ३८ रुपैयाँभन्दा बढी लिनु गलत भएको बताए । ‘दूधको मूल्य प्याकेटमा प्रिन्ट भएको भन्दा बढी लिन पाइँदैन । १० बजेपश्चात् फ्रिजमा राख्नुपर्ने हुँदा दिउँसो एकरदुई रुपैयाँ बढी पैसा लिन्छन् । उपभोक्ताले पनि सहज रूपमा लिएका छन्,’ उनले भने, ‘तर, बिहान बढी लिन पाइँदैन । कानुनअनुसार दिउँसो पनि तोकिएको मूल्यभन्दा बढी लिन पाइँदैन ।’ डीडीसीले डेढ साताअघि मूल्य बढाएपछि त्यसपश्चात् बजार नियमन नै गरेको छैन । बजार नियमन नहुँदा व्यवसायीहरूले मनोमानी मूल्य तोक्दै आएका हुन् । जानकारका अनुसार डीडीसीले मूल्य बढाएपछि बजारभाउ पनि अनुगमन गर्नुपर्छ । खुद्रा व्यापारीले मूल्य लिएको बारेमा पनि डीडीसी जानकार नै छ । बजारको नियमन भने गरेको छैन ।

‘खुद्रामा बढी मूल्य लिएको गुनासो सुनेका छौं,’ डीडीसीका योजना तथा बजार व्यवस्था विभाग प्रमुख सञ्जीव झाले भने, ‘मूल्य निर्धारण गर्दा पनि समस्या भयो । खुद्रा पैसा लिनेरदिनेको पनि समस्या हो ।’ उनका अनुसार दूधको प्याकेटमा मूल्य प्रिन्ट नै गरिएको हुन्छ । बेलुकातिर होल्डिङ चार्जका रूपमा बढी लिएको उनले बताए । डीडीसीका अनुसार ८० प्रतिशत दूध बिहान नै खरिदबिक्री हुन्छ । बाँकी २० प्रतिशत दिउँसोरबेलुका खरिदबिक्री हुन्छ । दिउँसो बिक्री हुने दूधको मूल्य केही बढी लिएको बताए । खुद्रा व्यापारीहरूले भने बिहानकै समयमा बढी मूल्य असुल्दै आएको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् ।

डीडीसीका कार्यवाहक महाप्रबन्धक शैलेन्द्रकुमार घिमिरेले पनि फ्रिज र ज्याला जोडेर मूल्य केही बढाएको हुन सक्ने बताए । ‘हामीले पनि खुद्रामा ४० रुपैयाँमा खरिद गरेका छौं । ३५ हुँदा पनि ३८ रुपैयाँ तिरेको छु,’ उनले भने, ‘डीडीसीको बुथमा लिएको भए कारबाही हुन्छ । अन्यको जिम्मेवारी लिन सक्दैनौं । पसलको मूल्यको अनुगमन गर्ने दायित्व अन्य निकायको हो ।’ बिहानको समयमा दुई रुपैयाँ बढी लिनु उचित नभएको उनले बताए । ‘एक रुपैयाँसम्म बढी लिएको भए ठीक हुन्थ्यो । २ रुपैयाँ बढी होला,’ उनले भने, ‘बुथबाट बाहिर गएपछि एकरदुई रुपैयाँ थप्छन् । त्यो देखिएको छ ।’ उनका अनुसार मूल्यको अनुगमन गर्ने दायित्व आपूर्ति र राष्ट्रिय दुग्ध विकास बोर्डको हो ।

खुद्रा बजारमा ती निकायले अनुगमन गर्नुपर्ने बताए । तर, बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तले मूल्य गर्ने दायित्व डीडीसीकै भएको बताए । उनका अनुसार बोर्डले मूल्य सिफारिस मात्रै गर्छ । ‘मूल्य कार्यान्वयन गर्ने जिम्मेवारी भएपछि नियमन गर्ने दायित्व पनि डीडीसीकै हो,’ उनले भने, ‘आधा लिटरको प्याकेट दूधको मूल्य ३८ रुपैयाँ नै हो । यदि बढि लिन्छ भने नियमन डीडीसीले गर्नुपर्छ ।’ डीडीसीबाहेक दूधको नियमन तथा अनुगमन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि गर्नुपर्ने उनले बताए । यी जिम्मेवार निकायबाट अनुगमन हुन सकेको छैन । दूधको मूल्य आफूखुसी बिक्री भए पनि सरकारी नियमनकारी निकाय मौन छन् । बजार मूल्यको सन्दर्भमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि गर्छ । अहिले विभागले पनि अनुगमन गरेको छैन ।

विभागका महानिर्देशक योगेन्द्र गौचनले दूधको मूल्य डीडीसीसँगै कृषि मन्त्रालयसँग सम्बन्धित पशुसेवा विभाग, कृषि विभाग र खाद्य प्रविधिले पनि गर्नुपर्ने बताए । ‘दूधको अनुगमन गर्न जिम्मेवार निकाय अरू पनि छन् । तर, उपभोक्ताको हकहितमा आपूर्तिले पनि अनुगमन गर्छ,’ गौचनले भने, ‘सरकारले तोकेको मूल्यभन्दा बढी लिन पाइँदैन ।’


२०७६ असोज २ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: