Thu. Mar 28th, 2024

टी-२० विश्वकप छनोटको प्रारम्भीक नेपाली टोलीमा अनिल र महेश

Anil-Mandal-mahesh-Chatri-and-Saurav-Khanal

काठमाडौं – नेपाल क्रिकेट संघ क्यानले टी-२० विश्वकप छनोट र आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनपसिपमा स्कटल्याण्डसँगको खेलका लागि २२ प्रारम्भीक नेपाली टोली घोषणा गरेको छ ।अनिल मण्डल, महेश क्षेत्री, पृथु बास्कोटा, शौरभ खनाल, सिद्धान्त लोहनी र हरिशंकर साहलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ ।

पछिल्लो समय टीममा रहेका नरेश बुढायर बन्द प्रशिक्षणका लागि छनोट हुन सकेनन् । राहुल विक, राम नरेश गिरी र अमृत श्रेष्ठ पनि प्रारम्भीक टोलीमा पर्न सकेनन् ।क्यानले ५० खेलाडी छनोट गरेर प्रतियोगिता गर्ने तयारी गरेको भए भूकम्पका कारण हुन नसकेको क्यानका प्रमुख कार्यसंचालन अधिकृत छुम्बी लामाले बताए ।

पारस खड्का, शरद भेसवाकर, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, सागर पुन, विनोद भण्डारी र भुवन कार्कीलाई पनि २२ सदस्यीय टोलीमा परेका छन् ।प्रदिप ऐरी, जितेन्द्र मुखिया, पृथु बास्कोटा, अनिल मण्डल, मेहबुब आलम, राजेश पुलामी र अभिनाश कर्णलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ ।२२ सदस्यी टोली जुन पहिलो साता भारत जानेछ । भारतमा दुई साता अभ्यासपछि टोली स्वदेश फर्कनेछ । त्यसपछि इंग्ल्याण्ड र नेदरल्याण्डको भ्रमणलाई क्यानको कार्यसम्पादन समितिले अनुमादन गरिसकेको छ ।
अनलाइनखबरबाट

About The Author

Loading...

अन्य समाचारहरु: