Wed. Sep 22nd, 2021

भूकम्पले भत्किएका घरहरु पुननिर्माणमा जुट्दै बजारबासी

Ghar Nirman
धादिङ  – सदरमुकाम धादिङबेसी बजार क्षेत्रमा भूकम्पबाट भत्किएका घरहरुको पुन निर्माण गर्ने कार्य सुरु गरिएको छ ।

बैशाख १२ गते गएको महाभूकम्पले सदरमुकामका दुई दर्जन भन्दा बढी घरहरु भत्किएका छन् । भूकम्पको धक्का कम हुँदै जाँदा बजारबासीको जनजीवन पनि सहज बन्दै गएको छ ।

भत्किएका संरचनाले जुनसुकै बेला दुर्घटना निम्त्याउन सक्ने भएकाले बजारबासीले ढल्न लागेका घरहरुको व्यवस्थापन आफैले सुरु गरेका हुन् । आधा गारो भत्किएका र चर्किएर बस्न नमिल्ने बनेका घरहरुबाट सामान निकाल्दै बसाइ व्यवस्थापनमा लागेका छन् ।

ghar nirman 2

भूकम्पले ध्वस्त बनाएर घर भित्र पस्न नसक्ने भएकाहरुले खाली जग्गाहरुमा त्रिपाल, टेण्ड र वाँसका अस्थाई घर बनाएर बाँसको व्यवस्था मिलाउन थालेका छन् । गाँउ गाँउका भूकम्प पीडितहरुले पनि स्थानीय श्रोत साधनहरुको प्रयोग गरेर अस्थाई बसोबासको व्यवस्था मिलाइरहेका छन् ।

Loading...