Wed. Sep 22nd, 2021

रसुवागढी-केरुङ सडक फेरि अवरुद्ध

road_20150520055721
रसुवा – पहिरो पन्छाएर खोलिएको रसुवागढी९केरुङ सडक बुधबारबाट फेरि अवरुद्ध भएको छ । टिमुरेगाउँ र रसुवागढी नाका बीचको घट्टेखोला नजिक बुधबार अपरान्ह सुख्खा पहिरो झरेपछि बाटो अवरुद्ध भएको हो । उक्त सडका टिमुरेगाउँसम्म मात्र सञ्चालनमा छ ।

उक्त क्षेत्र नेपाल९चीन सिमाभन्दा ३ किलोमिटरको दुरीमा छ । सुख्खा पहिरो नरोकिएसम्म रसुवागढी९केरुङ खुल्यो भन्न अप्ठयारो पर्ने सहायक प्रमुख जिल्ला अधिकारी गौतम रिमालले बताए । सडक सुचारु भएको खवरले गाडीको चाप बढ्न उद्धार राहतमा समस्या परेपछि स्थानीय प्रशासनले स्याफ्रुबेसीबाट उद्धार गर्न खटिएका र सुरक्षाकर्मीको गाडी बाहेक अन्यलाई रोक लगाएको छ ।

Loading...