Wed. Sep 22nd, 2021

भूकम्पले एसएलसीको नतिजा ढिलो नहुने

काठमाडौं–भूकम्पले नियमित काममा असर गरेपनि २०७१ सालको प्रवेशिका परीक्षा ९एसएलसी०को नतिजा प्रकाशनमा ढिलाई नहुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

एसएलसीको उत्तरपुस्तिका परीक्षणको काम चलिरहेको र परीक्षण भएर नियन्त्रण कार्यालयमा आइसकेका पुस्तिकाको नम्बर चढाउने काम पनि नियमित भइरहेकोले नतिजा समयमै प्रकाशन गरिने परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले नागरिकलाई जानकारी दिए। उनका अनुसार ६४ ओटा परीक्षण केन्द्रमध्ये २८ केन्द्रबाट उत्तरपुस्तिका परीक्षण भएर आइसकेको छ। ‘अति प्रभावित जिल्लामध्ये गोरखा, धादिङ, नुवाकोट, काभ्रे, दोलखा, रसुवा र रामेछापबाट उत्तरपुस्तिका परीक्षण भएर आइसकेको छ,’ उनले भने, ‘अन्य केन्द्रको पनि पुस्तिका परीक्षण लगभग अन्तिम चरणमा पुगेको छ।’

परीक्षा नियन्त्रण कार्यालयले एसएलसी सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्दै आएको थियो। २०७१ सालको एसएलसी गत चैत १६ गते सकिएको थियो । जसको नतिजा असार १६ गतेसम्म प्रकाशन हुने नियन्त्रक द्वारेले जानकारी दिए। ‘हाम्रा भवनहरु चर्किएका छन्। भूकम्पका पराकम्पन आउन क्रम रोकिएको छैन’ बुधबार दिउँसो गएको भूकम्पपछि परीक्षा नियन्त्रण कार्यालयको प्राङ्गणमा भेटिएका नियन्त्रक द्वारेले भने, ‘असुरक्षित महशुस भएर काम गर्नुभन्दा जस्ताको छाना भएको भवनमा कम्प्युटरहरु सार्दै छौं। त्यहाँबाट काम गरेर भएपनि नतिजा समयमै सार्वजनिक गछौं।’
भक्तपुर सानोठिमीमा रहेको नियन्त्रण कार्यालयको गोप्य शाखा र मुख्य कार्यालयमा समेत आंशिक क्षति भएको छ। तथापी कार्यालयमा प्राविधिकले हरियो स्टिकर टाँसेका छन्। नियन्त्रण कार्यालयका कर्मचारी भने कोही भवन भित्र र कोही बाहिर बसेर काम गरिरहेका छन् ।

२०७१ को एसएलसीमा कुल ५ लाख ७४ हजार ६ सय ८५ जना परीक्षर्थी सहभागी थिए।नागरिकबाट

Loading...