Fri. Oct 18th, 2019

धादिङका ७५ जना विद्यार्थीलाई छात्रवृति वितरण

११ असोज, धादिङ –


धादिङको ज्वालामुखी, सिद्धलेक र बेनिघाट रोराङ गाउँपालिकाका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।

किशोरी समूह बाल र अधिकार संरक्षण अभियानमा सहकार्य गर्ने विद्यालयको छनौटमा प्रत्येक गाउँपालिकाका २५/२५ जना गरी ७५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो ।

आवाज अभियान नेपालले एक कार्यक्रमको आयोजना गरि विपन्न तथा जेहेन्दार विद्यार्थीहरु मध्ये ११ जना छात्र र ६४ जना छात्रालाई छनौट गरि वितरण गरिएको हो ।

प्रत्येक विद्यार्थीलाई नगद ५ हजार, नगद सहित झोला र कापी वितरण गरिएको आवाज अभियान नेपालका कार्यकारी निर्देशक केशव दुवाडीले जानकारी दिए ।

२०७६ असोज ११ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: