काठमाडौं- सर्वसाधारणलाई बाढीको पूर्वसूचना दिन सरकारले निस्शुल्क टोल फ्री सेवा सञ्चालन गर्ने भएको छ । विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयमातहतको जल तथा मौसम विज्ञान विभागले जुन महिनादेखि यस्तो सेवा सुरु गर्न लागेको हो ।
विभागका महानिर्देशक डा। ऋषिराम शर्माले मनसुन सुरु हुने जुन ९१ असार० देखि ११५५ नम्बरमा टेलिफोन गरी मुलुकभरका नदीमा पानीको सतह र बहावबारे जानकारी लिन सक्ने जानकारी दिए । नेपाल टेलिकमले विभागलाई उक्त नम्बर उपलब्ध गराइसकेको छ । थप अरू दुई टोल फ्री नम्बर पनि छिट्टै प्राप्त हुने शर्माले बताए ।
‘टोल फ्री नम्बरबाट कुनै पनि स्थानका नागरिकले आफू रहेको स्थानको नदीको जल तथा मौसमी सूचना निस्शुल्क प्राप्त गर्नेछन्,’ महानिर्देशक शर्माले बुधबार कान्तिपुरलाई भने, ‘सर्वसाधारणले यो सेवा २४ सै घण्टा पाउनेछन् ।’ यसका लागि विभागले तीन सिफ्टमा एक प्राविधिक, एक खरिदार र एक सहयोगी कर्मचारीसहितको टोली परिचालन गर्ने तयारी गरेको छ ।
विभागले मुलुकका ८० स्थानमा ‘रेनफल’को ‘रियल टाइम डेटा’ समेत सर्वसाधारणलाई उपलब्ध गराउनेछ । ‘पानी परेको मात्रा ९रेनफल० को आधारमा खोलाको पानीको सतह अनुगमन गर्छौं,’ शर्माले थपे, ‘कुनै पनि नदीमा पानीको सतहले चेतावनी चिह्न नाघ्यो भने बाढीको सम्भावना छ भनेर तल्लो तटीय क्षेत्रका बासिन्दालाई खबर गर्छौं ।’ टोल फ्री नम्बरको सूचनाले सम्भावित जनधनको क्षति रोक्न सहयोग पुग्ने विभागको अपेक्षा छ ।
नेपालमा सामान्यतया १० जुन ९जेठ अन्त्य० देखि मनसुन सुरु हुन्छ । पछिल्ला केही वर्षदेखि भने मनुसन एक साता पछि धकेलिएको छ । महाभूकम्पसँगै गोरखाको बारपाकदेखि दोलखासम्म विभिन्न स्थानमा पहिरो देखिएको र वर्षात्मा भीमकाय पहिरोको सम्भावना भएकाले विभागले बाढीको सूचनालाई प्रभावकारी बनाउन लागेको हो ।
विभागले पूर्वसूचना प्रणाली स्थापना भएका २५ नदीहरूका सूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदैछ । भूकम्पले प्रभाव पारेका क्षेत्रमा पहिरो गई नदी थुनिन सक्ने र त्यसले तल्लो तटीय क्षेत्रमा क्षति निम्त्याउन सक्ने भएकाले विभागले सम्भावित नदीमा पूर्वसूचना दिने स्वचालित प्रणाली जडान गरेको छ । प्रणालीले सीधै केन्द्रमा पठाउने सूचनालाई विभागले टोल फ्री नम्बरमार्फत सर्वसाधारणमा प्रवाह गर्नेछ ।कान्तिपुरबाट