Fri. Oct 18th, 2019

चीनको निङ्गबो शहरस्थित कारखानामा आगलागी, १९ जनाको मृत्यु


१३ असोज, चीन –


चीनको झेजिआङ्ग प्रान्तको निङ्गबो शहरमा अवस्थित एक कारखानामा भएको आगलागीमा परी कम्तीमा १९ व्यक्ति मारिएका स्थानीय प्रहरीले सोमबार जानकारी दिएका छन् ।

दैनिक आवश्यकताको सामाग्री उत्पादन हुने यस कारखानामा स्थानीय समयानुसार आइतबार मध्यराती १ः२० मा आगलागी शुरु भएको बताइएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान ६ बजे सो आगलागीमा परी मारिने व्यक्तिको सङ्ख्या १९ पुगेको प्रहरीले जनाएको छ । यस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिइएको छ । –सिन्ह्व


२०७६ असोज १३ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: