Fri. Mar 29th, 2024

नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश घोषित

१३ असोज, काठमाण्डौ –

नेपाललाई दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश घोषित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार काठमाण्डौको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहकाबीच नेपाललाई खुला दिसा मुक्त देश घोषणा गरेका हुन् । उनले सबै जिल्ला, प्रदेश र स्थानीय तहको अथक प्रयासबाट नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्न सफलता हात परेको पनि स्मरण गराए ।

सन् २०११ मा सुरु गरिएको सो अभियान विद्यालय तह, जिल्ला तहमा सुरु गरिएको थियो । नेपालमा पहिलो पटक कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । योसँगै नेपाल खुला दिसामुक्त राष्ट्रको मानक पूरा गर्ने दक्षिण एशियाकै पहिलो देश बन्न सफल पनि भएको छ ।

खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएका धेरैजसो जिल्लाहरुमा अझै पनि शौचालयको पूर्ण कार्यान्वयन हुन सकेको छैन । तर, यसलाई पूर्ण सरसफाइ अभियानसँगै पूर्णता दिने ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखा प्रमुख एवम् राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र झाले बताए । कतिपय जिल्लाहरुमा सबै घरमा चर्पी नै बनाइसकिएको छैन । केही घरमा चर्पीको प्यान जडान गरेको भए पनि प्रयोगमा आएकै छैन । खोलामा ढल बगिरहेकै छ ।


२०७६ असोज १३ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: