Wed. Apr 23rd, 2025

भुकम्प पिडित विरामीहरुलाई अस्थायी शौचालय

???????????????????????????????

धादिङ – भूकम्पबाट घाइते भएकाहरुलाइ अस्थायी शौचालयको निर्माण गरिएको छ ।

काठमाडौँको विभिन्न क्याम्पसहरुमा पढ्ने युवाहरुले सदरमुकाम धादिङबेसीमा रहेको निलकण्ठ उच्च माध्यामिक विद्यालयको स्रोतकेन्द्र वरिपरीको खाली ठाँउलाई सदुपयोग गरी अस्थायी शौचालय बनाएका हुन् । भुकम्प प्रभावित जिल्लाहरुलाई विशेष ध्यान दिँदै सरसफाई अभियान बोकेर काठमाण्डौ देखी हिँडेका ३५ युवाहरुले निलकण्ठ उच्च माध्यामिक विद्यालयको स्रोतकेन्द्र नजिक शौचालय बनाएका छन् । दुईवटा अपाङ्गमैत्री र एउटा सामान्य शौचालय बनाएको हो । बैशाख १२ गते गएको महाभुकम्पबाट घाइते बनेकाहरुको सदरमुकाममा उपचार भएर डिस्चार्जपछि खाली जग्गामा त्रिपाल टागेर राखिएको छ । बस्ने बास पायो, खाने अन्य पायो तर दिशापिशाब गर्ने समस्याले साह्रै पीरोलेको पीडितहरु गुनासो गर्छन् । घाइतेहरु भन्छन् – राहत स्वरुप खाना, खाजाको व्यवस्था त छ नी, तर के गर्ने ? खायो, कहाँ दिशापिसाब गर्ने भन्ने पिर लाग्छ ।

???????????????????????????????

यीनै समस्याहरुलाई सध्यनजर गर्दै अस्थायी शौचालय निर्माण गरिएको हो । अब बनेका यस्ता शौचालयले पक्कै पनि विरामीहरुको समस्या केही हदसम्म समाधान हुने भएको छ ।भुकम्पले कत्तिका ढाड भाँचिएका छन्, कत्तिका खुट्टा भाँचिएका छन्, कत्ति त हिँडडुल गर्न सक्ने अवश्थामै छैनन् । सोही कुरालाई मध्यनजर गर्दै अपाङ्गमैत्री शौचालयमा जोड दिएका हौँ । अभियानमा सहभागी हुनुभएका एक युवा, राकेश राइले बताउनुभयो ।

अपाङ्ग मैत्री शौचालय निर्माण भएपछि समस्यामा रहेका विरामीहरुको अनुहारमा रौनकता छाएको छ । उहाँहरु भन्नुहुन्छ– साँच्चै धेरै समस्यामा थियौँ, बल्ल समाधान पायौँ, निकै खुशी छौँ । युवाहरुको यो अभियानले एक त गाउँ सहर प्रदुषित हुनबाट जोगाउँछ, अर्को तर्फ झडापखाला, आउँ, हैँजा जस्ता महामारी रोक्न केही हदसम्म भने पनि रोक्छ ।

 

About The Author

अन्य समाचारहरु: