Fri. Oct 18th, 2019

दसैं गीतमा परदेश पीडा

१५ असोज, काठमाडौ –

दसैं सुरु भइसकेको छ । रेडियो, टेलिभिजनजस्ता सञ्चारमाध्यमहरूमा दसैंमा बज्ने मालश्री धुनले सबैलाई शरद ऋतुको आभास दिलाइरहेको छ । दसैं लक्षित विभिन्न गीत घरघरमा घन्किन थालिसकेका छन् । युट्युबदेखि सामाजिक सञ्जालसम्म पनि दसैंगीतकै चर्चा छ । तर यी सिर्जनाहरू शरद ऋतुमा प्रचलित मालश्रीबाट प्रभावित भने छैनन् । अधिकांश कमर्सियल लोकलयमा आधारित छन् ।

यो वर्ष पनि लोक गायक पशुपति शर्मा, सम्झना भण्डारी, खुमन अधिकारी, पूर्णकला बिसी, टीका प्रसाईं, लोक पौडेल, गायत्री थापा, देवी घर्तीमगर, अर्जुन कुँवर, शान्तिश्री परियार, विष्णु माझी, विष्णु खत्रीलगायतका लोक गायकगायिकाहरूले दसैंगीत दर्शकरश्रोतालाई पस्केका छन् ।

जति नै टाढा भए पनि दसैंमा घर फर्किने र सँगै बसेर रमाइलो गर्ने परम्परा छ । तर धेरैजसो ग्रामीण भेकका तन्नेरी परिवारको सुख र जीविकोपार्जनका लागि प्रवासमा छन्, जसले चाहेर पनि परिवारसँग बसेर दसैं मनाउन पाउँदैनन् । घरमा उमेर ढल्केका बुबाआमा, श्रीमती र छोराछोरीलाई सम्झनामा नै राखेर बस्न उनीहरू बाध्य छन् । लोक तथा समाजको कथालाई प्रतिनिधित्व गर्ने हरेक दसैं गीतहरूमा यस्ता कथाहरू प्रस्तुत हुँदै आइरहेका छन् । हरेक साल बजारमा आउने अधिकांश गीतहरूमा टीका, जमराका साथै परदेशीको दुःख र परिवारको विछोडका पीडा समेटिएका हुन्छन् । दसैं छेको पारेर आएका पछिल्ला गीतहरूमध्ये थुप्रैले यही परम्परालाई पछ्याएको भए पनि केही गीतमा भने नयाँ विषयवस्तु समेटिएको देखिन्छ 

२०७६ असोज १५ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: