Fri. Apr 19th, 2024

धादिङबेसीमा पनि टेलिकमको फोरजी सेवा सुरु

१५ असोज, धादिङ –


नेपाल टेलिकमले धादिङबेसीमा पनि फोरजी सेवा सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग स्विच दबाएर फोरजी प्रविधिमार्फत ‘भिडियो कन्फरेन्स’ गरी सेवा शुभारम्भ भएको घोषणा गरेसँगै फोरजी एलर्टी सेवा सञ्चालनमा आएको हो ।

बुधबार धादिङसहित ३६ जिल्लाका ५९ शहरमा फोरजी एलर्टी सेवा सञ्चालनमा ल्याएको हो । टेलिकमले बढी व्यावसायिक र व्यापारिक कारोवार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर सेवा विस्तार गरेको हो ।

फोरजी एलटीई सेवा आगामी माघसम्म देशभर विस्तार गर्ने लक्ष्य टेलिकमले राखेको छ । गत माघमा सम्झौता भए बमोजिम नै एक वर्षभित्र देशभर नै उक्त सेवा पु¥याउने लक्ष्य साथ युद्धस्तरका काम भइरहेको टेलिकमले जनाएको छ । उक्त सेवा विस्तारका लागि टेलिकमले रु १८ अर्ब खर्च गरेको छ ।

कसरी एक्टिभेट गर्ने फोरजी ?

हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहक *444# डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सक्नेछन् ।

ग्राहकले *444# डायल गर्दा आफ्नो सिम फोरजी सेवाका लागि परिवर्तन गर्नु पर्ने वा नपर्ने थाहा पाउन सक्नेछन् । यो नम्बरमा रिक्वेष्ट गर्दा फोरजी सेवा एक्टिभ नहुने अवस्थाको सिम भए नयाँ लिन अनुरोधसहित नोटिफिकेशसन आउनेछ ।

र, ग्राहकले नजिकैको टेलिकमको ग्राहक सोव केन्द्रमा गएर सिम परिवर्तन गर्न सक्नेछन् । यस्तो सिम लिँदा ग्राहकले एक रुपैयाँ पनि पैसा तिर्नुनपर्ने वैद्यले जानकारी दिइन् ।

पहिलोपटक फोरजीरएलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधिसहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ ।

फोरजी एलर्टी सेवा सञ्चालन भएका जिल्लाहरु

१ धनकुटा २. झापा ३. मोरङ ४.सुनसरी ५. बारा ६. चितवन ७. धादिङ ८. धनुषा ९. दोलखा १०. काभ्रेपलाञ्चोक ११. महोत्तरी १२. मकवानपुर १३. नुवाकोट १४. पर्सा १५. रामेछाप १६. रसुवा १७। रौतहट १८. सर्लाही १९. सिन्धुली २०. वाग्लुङ २१. कपिलवस्तु २२. म्याग्दी २३. नवलपरासी २४. पाल्पा २५. पर्वत २६. रुपन्देही २७.बाँके २८. बर्दिया २९. दाङ ३०. सुर्खेत ३१. कैलाली ३२. कञ्चनपुर ३३. तनहुँ ३४.मुस्ताङ ३५. लमजुङ ३६. सप्तरी

२०७६ असोज १५ गते मध्यान्हसम्मको शहरहरुको सूची

१. भीमदत्त २. झलारी पिप्लाडी ३. अत्तरिया ४.धनगढी ५. चौमाला ६. मसुरिया ७. सुख्खड ८. लम्की ९. टिकापुर १०. सुर्खेत ११. गुलरिया १२. कोहलपुर १३. नेपालगञ्ज १४.घोराही १५. लमही १६.तुलसीपुर १७. बेनी १८.कुस्मा १९. बागलुङ २०. तानसेन २१. लुम्बिनी २२. भैरहवा २३.मंगलापुर २४. बुटवल २५. मुर्गिया २६ सुनवल २७.देवदह २८. परासी २९. वर्दघाट ३०. भरतपुर ३१.टाँडी ३२। सौराहा ३३. धादिङ ३४. विदुर ३५. धुन्चे ३६. बनेपा ३७. धुलिखेल ३८. पनौती ३९. हेटौंडा ४०. सिमरा ४१. वीरगञ्ज ४२. कलैया ४३. चरीकोट ४४. मन्थली ४५. सिन्धुपाल्चोक ४६.गौर ४७. मलंगवा ४८। जलेश्वर ४९.जनकपुर ५०.धनकुटा ५१. धरान ५२. इटहरी ५३. इनरुवा ५४. विराटनगर ५५. दमक ५६. विर्तामोड ५७. चन्द्रगढी ५८. बेसीशहर ५९. भारदह


२०७६ असोज १५ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: