Wed. Dec 4th, 2024

चाडपर्व ढुक्कले मनाउनुहोस् : प्रहरी प्रमुख बैदवार

धादिङ जिल्ला भौगोलिक हिसाबले उत्तरमा चिनको शोसासित क्षेत्र तिब्बत संग जोडिएको छ भने पुर्वमा काठमाण्डौ र दक्षिणमा चितवन संग जोडिएको छ । संघिय राजधानी काठमाण्डौलाई मुलुकको ६८ जिल्लालाई जोड्ने ८६ किलोमिटर राजमार्ग यस जिल्लामा पर्दछ । उच्च सुरक्षा चुनौती रहेको जिल्लाको रुपमा यस जिल्लालाई हेर्ने गरिएको छ । यिनै विषयसंग केन्द्रित रहेर वडा दशै, शुभ दिपावली तथा छठ पर्व नजिकिए संगै जिल्ला प्रहरी कार्यलय धादिङले सुरक्षाका थप योजनाहरु के ल्याइएकोे छ र नागरिकलाई आफु सुरक्षित छु भनि महसुस गर्न प्रहरीले के–कस्ता क्रियाकलापहरु संचालन गरिरहेको छ भन्ने बारेमा जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख, प्रहरी उपरिक्षक राजकुमार बैदवारसंग पाविलन्यूज डटकमका लागि गरिएको कुराकानी ः

१) जिल्ला प्रहरी कार्यलय धादिङले वडा दशै, शुभ दिपावली तथा छठ पर्वलाई हरेक दृष्टिकोणले सुरक्षित बनाउनका लागि के–कस्ता योजनाहरु ल्याएको छ ?
हामीले धेरै योजनाहरु ल्याएका छौं । नेपालीहरुको महान चाड वडा दशै, शुभदिपावली तथा छठ पर्वमा मानिसहरुको आवत जावत, किनमेल एंव नगद कारोवार बढी हुने बैंक तथा वितिय संस्था, चार्डपर्वको अवसरमा मानिसहरुले मादक पदार्थ सेवन तथा जुवातास जस्ता गतिविधीले गर्दा अन्य अपराधिक घटनाहरु न्यूनिकरण गर्नु हाम्रो मुख्य एजेण्डा रहेको छ । त्यस्तै राजमार्ग अन्तर्गतका वडा एरियाहरुमा कुनै प्रकारको चोरी, लुटपाट तथा सवारी दुर्घटना लगाएतका घटना हुन नदिनु, शान्ति सु–व्यवस्था कायम राखी सर्वसाधारणको जिउ–धनको सुरक्षाको प्रत्याभुति दिलाउनु, सवारी साधनको चेकिङलाई कडाईका साथ लागु गर्नु, सवारी साधन भित्र सिट क्षमता भन्दा बढी यात्रु राख्न नदिनु, राजमार्गमा जथाभावि सवारी पार्किङ रोक्नु, यात्रुसगँ बढी भाडा लिने कार्यलाई निरुत्साहित गर्नु, आसन्न चाडपर्व (दशै, तिहार, छठ पर्व लगायत ) लाई मध्यनजर गरी उपभोक्ताहरुलाई दैनिक आवश्यक पर्ने उपभोग्य सामग्रीहरु लगायतका खाद्य पदार्थ एवं औषधीहरुको मुल्य वृद्धी कालो बजारी नियन्त्रणका लागि सरोकारवाला निकायहरु विच समन्वय गरी संयुक्त अनुगमन, अन्य विभिन्न आपराधिक प्रवृत्तिका व्यक्तिहरुबाट हुन गर्न सक्ने विविध आपराधिक गतिविधिहरुलाई निरुत्साहित पारी शान्ति सु–व्यवस्थालाई चुस्त दुरुस्त बनाउनु नेपाल प्रहरी कार्यलय धादिङको मुख्य योजना रहेका छन् ।

२) अहिले शान्ति सुरक्षाको अवस्था चाहीं कस्तो छ ?
अहिले समग्रमा भन्नुपर्दा यस क्षेत्रको शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ । हालै लागु भएको मुलुकी अपराध संहिता, मुलुकी फौजद्धारी कार्यविधि संहिता र फौजद्धारी कसुर सजाय निर्धारण कार्यन्वयन ऐन २०७४ मा भएको व्यवस्थामा सरोकारवाला निकाय र समुह तथा अन्य व्यक्तिहरुबाट हुन सक्ने असहज परिस्थिती, बिभिन्न वाहनामा हुने बन्द‚ चक्काजाम, सडक अवरोधका घटनाहरुमा आबश्यकता अनुसार प्रहरी परिचालन तथा बल प्रयोगले गर्ने गरिएकोले यस्तो प्रवृत्तिमा कमि आएको छ । प्रभावकारी प्रहरी परिचालनले संगठित तथा जघन्य अपराधमा कमि आएको छ । बढ्दो सवारी दुर्घटना र अन्य सामाजिक अपराधहरुले समय–समयमा शान्ति सुरक्षामा खलल पु¥याउने गरेको छ ।

३) शान्ति सुरक्षाको अवश्थाका बारेमा कुरा गरिरहँदा यसका चुनौती तथा समस्याहरु पनि पक्कै छन्, शान्ति सुरक्षाका वर्तमान प्रमुख चुनौती तथा समस्याका बारेमा जानकारी गराइदिनुहोस् न ?
शान्ति सुरक्षाका वर्तमान प्रमुख चुनौती तथा समस्याका बारेमा कुरा गर्नु पर्दा सवारी दुर्घटना (८६ कि.मि. राजमार्ग, साँघुरा ग्रामिण सडक, दैनिक सरदर ४ दुर्घटना हुने गरेको) छ । भौगोलिक विकटता र जनशक्ति अभावका कारण दरबन्दीको औसतमा ७६५ मात्र जनशक्ति कार्यरत रहेका छन् । विप्लव समुहको गतिविधीका कारणले पनि शान्ती सुरक्षामा खलल पु¥याइरहेको छ । घरेलु मदिरा र घरेलु हतियारका कारण विशेषगरी जिल्लाको माथिल्लो विकट भेगमा समस्या देखिन सक्छन् । महिलासंग सम्बन्धित मुद्दाहरुमा वाहय प्रलोभनमा परि अदालतमा झुठ्ठा बयान दिने गरेको पनि पाइने गरेको छ । चोरी डकैति, लुटपाट तथा राजमार्ग एरियामा हुने सवारी दुर्घटना लगायत अन्य अपराधिक कृयाकलापहरुबाट हुन सक्ने असहज परिस्थिती, राजमार्ग अन्तर्गतका क्षेध ईलाकाहरुमा हुन सक्ने चारस्, लुटपाट तथा सवारी दर्घटना लगायतका घटनाहरुमा वृछि हुन सक्छन् ।

४) यस्ता चुनौतीहरु रोक्नका लागि रणनीतिक योजना तथा कार्यक्रमहरु पनि त बनेका होलान् नि ?
पक्कै पनि बनेका छन् । हामीले बैक तथा वितिय संस्थाहरुमा सादापोशाक तथा युनिफर्ममा प्रहरी परिचालन गरी आउने जाने व्यक्तिहरुमा निग्रानी गर्र्ने रणनितिक योजना बनाएका छौं । चाडपर्वको मौका छोपी उद्योगपती व्यापारीहरु राजमार्गमा चल्ने सवारी साधनहरुबाट आर्थिक सहयोगको नाममा जवरजस्ती चन्दा संकलन, चिठ्ठा उपहार कार्यक्रम जस्ता गतिविधी हुन गर्न नदिने व्यवश्था गरेका छौं । त्यसैगरी सर्वसाधारणहरुले बैक तथा वितिय संस्थाहरुबाट रकम झिक्ने, सर–सामान किनमेल, आवत जावतमा हुन सक्ने चोरी लुटपाट डकैती जस्ता घटनाहरु हुन गर्न नदिने, बैंक वित्तिय संस्थाहरुमा कार्यरत सुरक्षा गार्डहरुलाई सुरक्षा विधि र अपनाउनु पर्ने सावधानीका वारेका अनुशिक्षण दिने, . सवारी साधनहरुमा महिला प्रहरी सहित परिचालन गरी चेकजाँच गरिने, बेला बेलामा आकस्मिक चेकजाँच गरिने, मुख्य मुख्य स्थान, बैक, व्यापारी केन्द्र, वसपार्क, व्यापारिक केन्द्र, मनोरञ्जन स्थलहरु लगायतका स्थानहरुमा हुन सक्ने चोरी, लुटपाट र अन्य अपराधिक गतिविधीलाई प्रभावकारी नियन्त्रणको व्यवस्था मिलाउने, बजारमा खाद्यन्न लगायत अत्यावश्यक उपभोग्य बस्तुहरुको विक्री वितरणलाई सहज बनाई राख्न सरोकारवालाहरुसंग समन्वय गरी आवश्यक व्यवस्था मिलाउने व्यवश्था मिलाएका छौं ।

त्यसैगरि बजारमा कृत्रिम अभाव, कालो बजारी, अस्वाभाविक मुल्यवृद्धि जस्ता कार्य हुन नदिन, प्रभावकारी अनुगमनको व्यवस्था मिलाउने र सबै उद्यमी, व्यपारीहरुलाई मुल्य सूची राख्न लगाउने छौं । त्यस्तै ईन्धन अभावको कारण देखाई लामोरछोटो दुरीका भाडामा सवारी साधनहरुले यात्रुहरुसंग बढी पैसा असुल गर्ने, दुर्व्यवहार गर्ने क्षमता भन्दा बढी यात्रु राख्ने आदी हुन सक्ने भएकोले यात्रुहरुको सुरक्षालाई दृष्टीगत गरी राजमार्गरसहायक राजमार्गहरुमा चेकजाँचको भरपर्दो व्यवस्था मिलाउने, अवैद्य मदिरा उत्पादन तथा विक्री वितरण जुवातास लंगुरबुर्जा जस्ता गतिविधीलाई कडाईका साथ नियन्त्रण गर्ने, चाडपर्वहरुको वेलामा पटका‚ आतसवाजी लगायतका विष्फोटक पदार्थहरुको आयात ओसार पसार तथा प्रयोग हुन नदिने सीमावर्ती नाकाहरुमा कडाईका साथ चेकजाँच गर्ने, जिल्ला प्रवेश तथा वाहिरिने सिमा क्षेत्रमा तस्करी, लुटपाट गर्ने, ठग्न सक्ने भएकोले त्यस्ता घटना हुन नदिन सुरक्षा सतर्कता बढाउने, जिल्ला स्थित कार्यालयहरु र कारागारको आवश्यक सुरक्षा व्यवस्था मिलाउन नीजि प्रयोजनको लागि सरकारी सवारी साधनको प्रयोगलाई निरुत्साहित गर्ने, दिपावली छठ चाडपर्व जस्ता लामो विदाको समयमा सुरक्षा निकायको प्रुमखहरुले जिल्ला नछाड्ने र सबै सरकारी कार्यालयहरुमा भरपर्दो पालो पहराको व्यवस्था मिलाउने, लामो दुरीका सार्वजनिक सवारी साधनहरुमा अनिवार्य दुई वटा चालक राख्ने व्यवस्था मिलाउने र राजमार्गमा ठाउ ठाउमा ट्राफिक प्रहरीबाट नियमित अनुगमनको व्यवस्था मिलाउने, यातायात व्यवसायी स्थानिय प्रशासनसंग समेत समन्वय गरी यात्रुहरुले सहज रुपमा टिकट पाउने व्यवस्था गर्न पहल गर्ने, चार्ड पर्वको अवसर पारी सवारी चालकहरुले समेत मा.प.से.गरी सवारी चलाउन सक्ने भएको हुदाँ क्गचउचष्कभ ऋजभअप जाँचको नियमित रुपमा व्यवस्था मिलाउने, स्थानिय प्रशासन तथा सुरक्षाका स्थानिय निकायहरुसंग समेत समन्वय गरी सुरक्षा वातावरण मजबुत तुल्याउदै लैजाने, चार्डपर्वको बेलामा राजमार्गमा हुने सवारी डकैती नियन्त्रण गर्न विशेष योजना बनाई कार्यान्वयन गर्ने, चाड पर्वको नाममा विभिन्न वहाना बनाई आर्थिक लाभ लिने कार्यलाई पुर्ण रुपले निरुत्साहित गर्ने गराउने, पृथ्वी राजमार्गको नौबिसेदेखी नागढुङ्गां सम्म चाडवाडको समयमा सवारी जाम हुन नदिनको लागी मोवाईल गस्ती खटाई बिग्रेको सवारी साधनलाइ समयमानै हटाउने, ग्रामिण भेगमा हुनसक्ने चोरी, डकैती लुटपाट झै–झगडालाई नियन्त्रणको लागी लामो दुरीका गस्ती परिचालन गर्ने योजना बनाएका छौं ।

५) प्रहरी परिचालन योजना चाहिं के–कस्ता छन् ?
जिल्ला प्रहरी कार्यालय, राजमार्ग प्रहरी ईकाइ कार्यालयहरु १२ स्थान उत्तरी वेल्टका प्रहरी ईकाइ र अन्य प्रहरी ईकाइ गरी जम्मा ३५ वटा प्रहरी ईकाइहरुवाट प्रहरी ड्यूटी परिचालन हुनेछन् । जसमा कार्यालय तथा राजमार्ग प्रहरी ईकाइहरु समेतमा तत्काल कुनै पनि घटना घट्नासाथ प्रहरी परिचालन हुनेगरी १४ स्थानमा त्तच्त् टोली रहनेछन् ।
गस्तीः चाडवाडको समयमा लुटपाट तथा डाँका हुन नदिनको लागी निम्नानुसारको गस्ती परिचालन गरिएको छ ।
मोवाइल गस्तीः यस कार्यालय तथा राजमार्ग प्रहरी ईकाइहरु समेतमा ६ स्थानमा मोवाईल गस्ती परिचालन हुने ।
मो.सा.गस्तीः यस कार्यालय तथा मातहत प्रहरी ईकाइहरु समेतमा १७ स्थानमा मोवाईल गस्ती परिचालन हुने ।
पैदल गस्ती ः सवारी पहुँच नपुग्ने स्थानहरुलाई लक्षित गरी यस कार्यालय तथा उत्तरी भागका प्रहरी ईकाइहरुवाट १० वटा पैदल गस्ती खटाईने ।
यात्रु सहायता कक्ष ः जोगिमाराको मझिमटार गजुरी बजार गल्छी चोक महादेबबेशी बजार खानिखोलाको नौविसे बजार र धादिङबेशीको पुछारबजार गरी जम्मा ६ स्थानहरुमा यात्रु सहायता कक्ष स्थापना गरीने ।
ट्राफिक सहितको संयुक्त चेकिङ ः जिल्ला प्रहरी कार्यालय तथा राजमार्ग प्रहरी ईकाइ समेतमा गरी जम्मा ९ स्थानहरमा मादक पदार्थ सेवन चेकिङ तथा बढी भाडा नियन्त्रणको लागी ट्राफिक सहितको संयुक्त चेकिङ गरी कारवाहीको दायरामा ल्याईने ।
होटल तथा लजहरुको चेकजाच ः धादिङबेशी तथा राजमार्गमा रहेका होटल तथा लजहरुको नजिकको प्रहरी ईकाइले चेकजाच गरीने ।
रिफ्रेस सेन्टरः मझिमटार गजुरी र खानिखोला एरिया स्थितमा रिफ्रेस सेन्टर स्थापना गरीने ।
त्यसैगरि सरकारी कार्यालय तथा सम्पत्ति सुरक्षाको निमित्त जिल्ला प्रशासन कार्यालय धादिङ तथा अन्य सरकारी निकायसंग समन्वय गरी व्यवस्था मिलाईने छ । जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरी वजार अनुगमन गरिने छ । कुनै पनि घटना घटेमा तत्काल प्रहरीको १०० नं. वा ९८५१२८३४८० नं. मा फोन गर्ने वा नजिकको प्रहरी ईकाइमा खवर गर्न सक्ने व्इवश्था पनि रहेको छ । धन्यावाद ।

२०७६ असोज १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: