Fri. Oct 18th, 2019

हराउँदैछ पिङ संस्कृति

१७ असोज, धादिङ –

धादिङ नेपालीको महान‍् चाड दसैं घर आँगनमा आइसकेको छ। चाडवाडमा खानपान, लत्ताकपडासँगै मनोरञ्जन पनि उत्तिकै महत्वपूर्ण हुन्छ । दसैंमा मनोरञ्जन भनेकै पीङ हो । तर पछिल्ला वर्षमा पीङ खेल्न बिरलै पाइन्छ।

लठ्ठे पिङ र चर्खे पिङ बनाउनेक्रम विस्तारै हट्दै गएको छ । पहाडी जिल्लामा चर्खे पिङ बनाउने खुबै प्रचलन थियो । तर अहिले ती भेट्याउनै मुस्किल पर्छ । गाउँमा युवा जनशक्ति कम भएका कारण दसैंमा पिङको चहलपहल विस्तारै हराउँदै गएको छ ।

खर बाटेर बनाइएको पिङ भने तराई र पहाडमा अझै पनि भेटिन्छन् । तर पहिले जत्तिकै गाउँपिच्छे हुँदैनन् ।युवाहरु गाउँमा छैनन, काठको पनि अभाव छ, र विस्तारै पिङ संस्कृति हराउँदै गएको छ ।


२०७६ असोज १७ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: