Thu. Oct 17th, 2019

आज फुलपाती, देवीको मन्दिर तथा दशैघरहरुमा फुलपाती भित्राइदै

१८ असोज, धादिङ-

आज नवरात्रिको सातौं दिन अर्थात् फूलपाती, दशैंको खास दिन आजैबाट शुभारम्भ हुन्छ ।

घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा आज अपराह्न विधिपूर्वक फूलपाती भित्राइन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ ।

‘केरामा ब्रहृमाणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन् । देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्राएपछि नौ वटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

धादिङका पनि भिन्नि शक्तीपीठहरु तथा दशैघरमा फुलपाती भित्राइएको छ । सुनौलाबजार स्थित भैरवी मन्दिरबाट ल्याएको पुलपाती जिल्ला प्रशासन कार्यलयमा भित्राइयो । त्यसैगरि जिल्ला प्रशासन कार्यलय, जिल्ला प्रहरी कार्यलय र नेपाली सेनाको गुल्मबाट फुलपातीको डोली लिएर नीलकण्ठ १२ मा रहेको देवीको मन्दिरमा बलि पुजाको साथमा फुलपाती भित्राइएको छ । फुलपाती भित्राउनको साँसद भुमी त्रिपाठी, प्रमुख जिल्ला अधिकारी आसमान तामाङ, सुरक्षा निकायका प्रमुखहरु तथा स्थानीय बासीहरुपनि देवीको मन्दिरमा पुगेका थिए । देवीको मन्दिरबाट फेरी फुलपाती लिएर आफ्नो आफनौ दशैघरमा समेत फुलपाती चढाइएको छ ।

धादिङमा फुलपाती भित्राइदै गर्दाको केही फोटोहरु

Loading...

अन्य समाचारहरु: