Thu. Oct 17th, 2019

राजमार्गमा यात्रु ठग्ने ११ होटल रेष्टुराँलाई जरिवाना

फाइल फोटो

१८ असोज, धादिङ –

पृथ्वी राजमार्गमा यात्रु ठग्ने ११ होटल तथा रेष्टुराँ एवं पसललाई वाणिज्य विभागले कारबाही गरेको छ । धादिङको नौबिसेबाट बेनीघाटसम्म दुई टोली खटाएर विभागले अनुगमन गरेको थियो ।

वाणिज्य,आपूर्ति तथा तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार गरेको आकस्मिक अनुगमनका क्रममा यात्रुहरुसँग खाजा, खाना र पेय पदार्थमा तोकिएको भन्दा धेरै मूल्य लिने, बिल बिजक नराख्ने तथा मूल्य सूची जारी नगर्नेहरुलाई कारबाही गरिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।

विभागले शुक्रबार बिहान ९ बजेदेखि नौबिसेबाट बेनीघाटसम्म दुई टोली खटाएर अनुगमन गरेको थियो । दिनभर अनुगमन भएका २१ वटा होटल तथा पसल मध्ये ११ वटामा कैफियत देखिएपछि ५ हजार देखि ५० हजार रुपैयाँसम्म जरिवाना गरिएको महानिर्देशक गौचनले बताए । जरिवानाबाट ४ लाख रुपैयाँ संकलन भएको छ ।

विभागले केही पसल, होटल तथा रेष्टुराँलाई सचेत गराएको महानिर्देशक गौचनले जानकारी दिए ।

२०७६ असोज १८ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: