Fri. Oct 18th, 2019

धादिङको गल्छीमा माइक्रोले मोटरसाइकललाई ठक्कर दिदाँ एकजनाको मृत्यु, एक घाईते

२४ असोज, धादिङ –


धादिङको गल्छी गाउँपालिका वडा नं ७ फिस्टेखोलामा माइक्रोले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । लमजुङको बेसीशहरबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ख ७४८३ नम्बरको माइक्रोले शुक्रबार बिहान सोही दिशातर्फ जाँदै गरेको बा ४९ प ३०१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं १२ भट्टगाउँका २० वर्षीय रामकृष्ण भट्टको मृत्यु भएको छ । माइक्रोको ठक्करबाट गम्भीर घाईते भएका उनको उपचारका लागि काठमाडौँ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिए ।

दुर्घटनामा सोही गाउँका २३ वर्षीय हरिप्रसाद भट्ट घाईते भएका छन् । घाईतेको काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । ओभरट्याक गर्ने क्रममा माइक्रोले मोटरसाइकललाई ठक्कर दिदाँ दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए । दुर्घटनापछि माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०७६ असोज २४ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: