Thu. Nov 14th, 2019

पूर्व विद्यार्थीद्धारा मार्पाकको निरन्जना माविमा सीसीटिभी जडान गरिदै


२५ असोज, धादिङ –


धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नं १ मार्पाकमा रहेको निरन्जना माध्यमिक विद्यालयमा सीसीटिभी जडान गरिने भएको छ ।

सोही विद्यालयबाट २०५६सालमा एसएलसी दिएका विद्यार्थीहरुको पहलमा विद्यालयमा ८ वटा सीसीटिभी जडान गर्न लागिएको हो । आगामी कात्तिक १ गते एक कार्यक्रमको आयोजना गरि विद्यालयमा सीसीटिभी जडान गर्नुका साथै प्रोजेक्टर पनि हस्तान्तरण गरिने काजीराम अधिकारीले जानकारी दिए ।

उक्त कार्यक्रममा २०५६ व्याजका बिध्यार्थीहरुलाई पढाएका शिक्षक तथा शिक्षिकाहरुलाई सम्मान समेत गर्ने कार्यक्रम तय गरिएको छ । सार्थ गाउपालिका स्तरिय नेपाली तथा अग्रेजी सुन्दर हस्तलेखन प्रतियोगिता समेत गरि नगद पुरस्कार, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ । हस्तलेखन प्रतियोगितामा प्राथमिक तह, निम्न माध्यामिक तह र माध्यामिक तह गरि ३ तहको प्रतिस्पर्धा रहनेछ ।

मार्पाक सामुदायिक क्लबका महासचिव काजिराम अधिकारी र नेत्रावती परोपकार समाजका अध्यक्ष होम अधिकारीको संयुक्त संयोजनमा हुन लागेको हो ।

२०७६ असोज २५ गते प्रकाशित

Loading...