Thu. Mar 28th, 2024

९ गोलको झट्का

२७ असोज काठमाडौ –

इंग्लिस प्रिमियर लिग क्लब टोटेनहम हर्टस्परका ‘लिजेन्ड’ ग्राहम राबेर्ट्सले मुख्य प्रशिक्षक भएर सम्हालेको नेपाली टिमलाई त्यतिबेला निकै राम्रो मानिएको थियो । उनले आफ्ना रक्षापंक्तिलाई ‘विश्व स्तरीय’ भन्ने गर्थे । तर, नेपाली टिम अम्मान अन्तर्राष्ट्रिय रंगशालामा जोर्डनविरुद्ध ९जुलाई २३, २०११० निरीह बन्यो । ९(० ले खेल हार्‍यो । टिमको तयारी र प्रशिक्षक(खेलाडीको आत्मविश्वासको आधारमा ‘कल्पना बाहिर’ को नतिजा थियो त्यो ।

अस्ट्रेलियामा अभ्यास गर्नेक्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी । अस्ट्रेलियाविरुद्ध खेलेको नेपाली टोली । फाइल तस्बिर स् हेमन्त श्रेष्ठ

प्रशिक्षक रोबर्ट्सले काठमाडौं फर्केपछि आफ्नो ‘वर्ल्ड क्लास’ डिफेन्सलाई लिएर ‘नो गुड’ मात्रै भने । थप प्रतिक्रिया दिन चाहेनन् । खेलाडीहरू पनि चुपचाप नै रहे ।

त्यो टोलीका कप्तान थिए, सागर थापा । अम्मानमा ९ गोल बेहोरेको ५ दिनभित्रै नेपालले त्यही जोर्डनी टिमलाई दशरथ रंगशालामा १(१ को बराबरीमा रोकेको थियो । त्यो ९अम्मान० खेलको आधारमा यो ९काठमाडौं० को नतिजा पनि सोच बाहिरकै थियो । विश्वकपमा छनोट हुने योजना बनाएको टिमलाई बराबरीमा रोकेपछि कप्तान थापाले भनेका थिए, ‘हामीले मात्रै होइन, मातृभूमिको माटोले हाम्लाई पनि चिन्दोरहेछ ।’

जोर्डनविरुद्ध ती दुवै खेल विश्वकप २०१४ छनोटको प्ले(अफ ९दोस्रो चरण० थियो, जसको लागि नेपाली टिम दुई लेगमा इस्ट टिमोरलाई ७(१ ले हराएर योग्य भएको थियो । अक्टोबर २३ ९अम्मान० र २८ ९काठमाडौं० मा भएका दुवै खेलमा पूरा समय गोलपोस्ट सम्हाल्ने काम गरेका थिए, किरण चेम्जोङले ।

टोलीका कप्तान सागर, उपकप्तान सन्दीप राई, डिफेन्डर विकाससिंह क्षेत्री, गोलकिपर रितेश थापा, पूर्व खेलाडी अन्जन केसीमाथि खेलमिलेमतोको आरोपमा एसियाली फुटबल महासंघ ९एएफसी० ले आजीवन प्रतिबन्ध लगायो । सागरपछि ‘आर्मब्यान्ड’ लगाएका अनिल गुरुङले संन्यास लिए अनि कप्तान बनेका विराज महर्जन अहिलको टिममा अटाएनन् । त्यसैले यो विश्वकप २०२२ छनोटमा नेपाली टिमको कप्तानी गर्ने अवसर पाएका छन् किरणले ।

‘पहिलेको टिम राम्रै थियो । अनुभवी खेलाडीको टिम थियो । हामी एक(दुई जना मात्रै जुनियर थियौं,’ आठ वर्षअघिको टिमको प्रदर्शनबारे गोलकिपर किरणले खासै सम्झन चाहेनन्, ‘म आफैं अपरिपक्व थिएँ । खेल्न पाए हुन्थ्यो भन्ने थियो, त्यसैमा खुसी थिएँ । धेरै कुरा याद छैन ।’ वर्षामा रुझ्दै दशरथ रंगशालामा सन्तोष साहुखलको लोभलाग्दो पासमा भरत खवासको गोलले जोर्डनलाई १(१ मा रोकेको खेलबारे उनले भने, ‘घरेलु मैदानमा राम्रै खेल्यौं । हामीलाई मौसमले साथ दियो । वर्षाले जोर्डनलाई अप्ठ्यारो बनायो, हामीलाई साथ

२०७६ असोज २७ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: