Fri. Mar 29th, 2024

धादिङमा चोरीको मोटरसाइकलसहित एकजना पक्राउ


३० असोज, धादिङ–


धादिङ प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको छ । गत असोज ८ गते काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. २६ ठमेल भगवानबाहालको सडकको पार्किङबाट बा ९० प ६९२१ नम्बरको केटिएम डुक मोटरसाईकल चोरी भएको थियो ।

जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं. ३ सलाङघाट स्थित पृथ्वी लोकमार्गमा नम्बर प्लेट समेत परिबर्तन गरी प्रदेश नं। ३-००२-००३ प १४८९ राखी सवारी दुर्घटना गराएको अवस्थामा प्रहरीले फेला पारेका हुन् ।

फेला पारी बरामद गरी ईलाका प्रहरी कार्यालय गजुरी धादिङमा ल्याई राखिएकोमा उक्त मोटरसाईकल चोरी गर्ने कार्यमा संलग्न जिल्ला तनँहु बन्दिपुर गाउपालिका वडा नं। २ पार्चे घर भई हाल जिल्ला गोरखा गण्डकी गाउँपालिका वडा नं। ८ बस्ने वर्ष २१ को रोमन क्षेत्री भन्ने नारायण भण्डारीलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

२०७६ असोज ३० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: