Wed. Nov 20th, 2019

नवजीवन साना किसान कृषि सहकारीको अध्यक्षमा रमा अधिकारी चयन


३० असोज, धादिङ –


धादिङको गजुरी गाउँपालिका वडा नं ५ घाटबेसीमा रहेको नवजीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा रमा अधिकारी चयन भएकी छन् ।

संस्थाको बिहिबार सम्पन्न सातौं साधारणसभा तथा तेस्रो अधिवेशनले अधिकारी अध्यक्ष रहने गरि नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्ष उर्मिला श्रेष्ठ सदस्यहरुमा दिलु घिमिरे, साबित्रि श्रेष्ठ, इन्द्रकुमारी तिमल्सिना, पदम् कुमारी न्यौपाने, फुलमाया तामाङ, शान्ति तामाङ, सिर्जना चेपाङ गरि ९ सञ्चालन समिति चयन भएका छन्। भने लेखा समिति संयोजक भगवती अधिकारी सदस्यमा शोभा नेपाली र मिना श्रेष्ठ चयन भएका छन् ।

संस्थाका अध्यक्ष अम्बिका अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गजुरि गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।

महिला सहकारीको नामले संचालित सहकारी २०६९ मा दर्ता भएको हो । सहकारीले साविकको पीडा गाविस भित्रका एक घर एक सेयर सदस्य समावेश हुनेगरि ल्याएको कार्यक्रममा किसानलार्इ सहकारीको भावना द्धारा संस्थामा आबद्ध गराइ उच्च बाल बचत तथा व्यक्तिगत बचत र असल ऋणिलाई पुरस्कृत गर्ने गरेको, हिसाब किताब लाई सहज बनाउन अनलाइन सफ्टवयर जडान गरेको, आफ्नै भवन तथा जग्गा भएको ,सेयर सदस्यहरुलाई ९५मा पशुपालन कर्जा प्रबाह गरेको ,सेयर सदस्यहरु लाई इज्राएल पठाएको प्रबन्धक नारायण सुवेदीले कार्यक्रम मार्फत जानकारी दिए ।

२०७६ असोज ३० गते प्रकाशित

Loading...