Fri. Mar 29th, 2024

एनआरएन अध्यक्षमा कुमार पन्त विजयी


१ कात्तिक, काठमाडौं –

गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । अध्यक्षका प्रत्यासी कुल आचार्यलाई १ सय ३५ मतले हराउँदै पन्त एनआरएनएको नयाँ अध्यक्ष बनेका हुन् ।

पन्तले एक हजार ९४र आचार्यले नौ सय ५९ मत प्राप्त गर्नुभएको मतगणनामा संलग्न निर्वाचन समितिका सदस्यले जानकारी दिएका छन् । महासचिवमा डा। हेमराज शर्मा विजयी भएका छन। उपाध्यक्षमा डा बद्री केसी, सोनाम लामा, अर्जुन श्रेष्ठ, र मन केसी, विजयी भएका छन।

सचिवमा गौरी जोशी र आरके शर्मा विजयी भएका छन । त्यसैगरी कोशाध्यक्षमा महेश श्रेष्ठ र सहकोशाध्यक्षमा लोकराज दाहाल विजयी भएका छन।

हिजो सम्पन्न निर्वाचन विश्व सम्मेलनको क्रममा हिजो भएको मतदानमा २३ सय ४४ मत खसेको छ। निर्वाचन आयोगद्धारा दिएइको जानकारी अनुसार ९२ प्रतिशत अर्थात २३ सय ४४ मतदान भएको थियोे।

जम्मा मतदाता सख्या २६ सय १३ रहेका थिए। हिजो राती १० बजेदेखि सुरु भएको मतदानको परिणाम सार्वजनिक भएको हो । मतपरिणाम अनुसार मतदान ४२ पदका लागि भएकोमा निर्वाचनमा एक सय २ ले उम्मेदवारी दिएका थिए।

२०७६ कात्तिक १ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: