Fri. Jun 5th, 2020

हराएको मोटरसाइकल फेला पारि बुझाइयो

२ कात्तिक, धादिङ –


धादिङको रुबिभ्याली गाउँपालिका वडा नम्बर ३ घर भई हाल काठमाण्डौ तारकेश्वर नगरपालिका वडा नम्बर ७ बस्ने नारायण तामाङको बा ९६ प ५७ नम्बरकोे १५० सिसि को होण्डा कम्पनिको रातो रङको माटरसाईकल काठमाण्डौमा पार्किङ गरेको स्थानबाट हराएको थियो ।

२०७५ साल पुष २९ गते मोटरसाईकल हराएको भनी तामाङले महानगरिय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाण्डौमा निबेदन दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय धादिङ मातहत प्रहरी चौकि टोड्केबाट खटिएको प्रहरी गस्ती टोलिले २०७६ साल भदौ ८ गते नेत्रावती गाउँपालिका वडा नम्बर ५ चरङ्गेमा बेबारिसे अबस्थामा फेला पारी सम्बन्धित धनीलाई शनिबार जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

२०७६ कात्तिक २ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: