Fri. Jun 5th, 2020

पूर्व विद्यार्थीद्धारा निरन्जना माविलाई सीसीटिभी सहयोग


२ कात्तिक, धादिङ –


धादिङको नेत्रावती डबजोङ गाउपालिकामा संचालित निरन्जना माविमा सीसीटिभी जडान गरिएको छ ।

निरन्जना मा बि २०५६ सालका विद्यार्थीहरुद्धारा विद्यालयलाई ८ वटा सीसीटिभी, १ वटा प्रोजेक्टर र ४ वटा ह्वाइट बोर्ड प्रदान गरिएको छ । कार्यक्रमको अवसरमा शिक्षक सम्मान कार्यक्रम र नेत्रावती डबजोङ्ग गाउपालिका स्तरिय हस्तलेखन प्रतियोगिता गरि पुरस्कार बितरण पनि गरिएको छ ।

कार्यक्रममा उक्त ब्याचलाई अध्यापन गराउने ४ जना शिक्षक तथा अन्य २ जना सहित जम्मा १६ जनालाई दोसल्ला ओडाएर सम्मान पत्रका साथ सम्मान गरियो ।

नेत्रावती डबजोङ्ग गाउपालिका भित्रका ८ वटा विद्यालयका जम्मा ६८ जना विद्यार्थीहरुको सहभागीता रहेको नेपाली तथा अग्रेजी हस्तलेखन प्रतियोगितामा प्रावि, निमावि र मावि तर्फ गरि तिनै समुहको प्रथम, दृितिय, तृतिय र सान्त्वना गरि ४÷ ४ जनालाई नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिनुका साथै बाकि सहभागीहरुलाई पनि पुरस्कार बितरण गरियो ।

हस्तलेखनमा तिनै समुहको प्रथम, दृितिय र तृतिय हुनेलाई क्रमश नगद रु१५००, १००० र र ५०० प्रदान गरिएको थियो । पुरस्कार कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद रामकुमार अधिकारीले वितरण गरेको मार्पाकबाट काजीराम अधिकारीले जानकारी दिए ।

२०७६ कात्तिक २ गते प्रकाशित

Loading...